सुचना, समाचार र मनोरन्जन

पोखरा उद्योग वाणिज्य संघ : बिन्दुको प्यानललाई किन जिताउने ? यस्ता छन् कारण

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशनमा बिन्दु कोइराला सुवेदीले केही समयअघि आफ्नो प्यानल घोषणा गरेकी थिइन् । उनले अध्यक्षमा उम्मेदवारी समेत दिएकी छन् । संघको प्रथम महिला अध्यक्ष भएर आफूले इतिहास रच्ने उनको दावी रहेको बताउँछिन् ।

उनको प्यानलले वरिष्ठ उपाध्यक्षमा भने पवन प्रजापतीलाई सघाउने भएका छन् । प्यानलको वाणिज्य तर्फको उपाध्यक्षमा सोवित पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।प्यानलको महासचिवमा पूर्व कोषाध्यक्ष धनिराम बरालले उम्मेदवारी सार्वजनिक गरेका छन् ।                                                                                                                                                                                                              किन जिताउने बिन्दुको प्यानलाई ? यस्ता छन् उनको प्रतिबद्धता                                                         आदरणिय उद्योगी व्यवसायी  मित्रहरूमा नमस्कार ,
पोखरा उद्योग वाणिज्य संघ, पोखराको सवै भन्दा पुरानो संस्थाको सदस्य भएका नाताले अहिले हामी यहाहरुसँग जोडिन पाउँदा निकै खुसी लागेको छ । यसो भनिरहदा देशमा अहिले सवै भन्दा ठुलो कुरा आफ्नो ज्यान वचाउँदै संमृद्धताको अभियानमा लाग्नुपर्ने छ । यहि विचमा पोखरा उद्योग वाणिज्य संघको चुनाव गत वर्षहरु झै यो वर्ष पनि गर्नु पर्ने हाम्रो वाध्यता छ जुन हाम्रो विधानमा उल्लेखित नै छ ।
स्थापनाकालमा पोखरा विमानस्थलमा झरेका सामानहरुलाई व्यवसायीको पहुँच र उनिहरुकै पसलसम्म पुर्‍याउनका लागि स्थापना भए पनि अहिले प्रविधि र अन्य सहजताका कारण यसको लक्ष्यमा केहि परिवर्तन भए पनि मुलभुत रुपमा यो संस्थाको प्रमुख उद्धेश्य भनेको व्यवसायीक हित र प्रर्वद्धन नै हो ।
अग्रजको यो उद्धेश्य विगत १४ वर्ष देखि पोखरा उद्योग वाणिज्य संघको कार्यसमितीमा रहेर काम गरेकी मैले नव्ुझ्ने कुरै भएन । त्यसोत दुई कार्यकाल संघकै उपाध्यक्षमा रहेर काम गर्दा अग्रजहरुलाई गर्नु पर्ने सम्मान तथा मर्यादा र व्यवसायी साथीहरुको चाहना राम्रैसँग वुझ्ने अवसर पाए । यी तमाम कुराहरुलाई सम्वोधन सहित परिवर्तित अवस्थामा उग्रगामी कदम चाल्न सकिन्छ भन्ने ध्ययले मैले आसन्न पोखरा उद्योग वाणिज्य संघको निर्वाचनका लागि मेरो अध्यक्षता सहितको स्वतन्त्र समुह घोषणा गरेकी छु ।
मैले प्रस्तुत गरेको समुह आफैमा व्यवसायीक साथीहरुमा मतभेद हुने र कुनै निश्चित समुहमा केन्द्रित नभई समावेसी समुह हो भन्ने मेरो दावी रहेको छ । देशमा अहिले भईरहेको राजनीतिक खिचातानी र अस्थिरतासँग नजोडिईकन व्यवसायीक स्थाईत्व र संघलाई दिर्धकालिन वनाउनका लागि पनि मेरो उम्मेदवारी अपरिहार्य हो ।
महिलाहरु घर घरका चापीका मालिक र रिमोट चेन्जर मात्रै होईनन् ईमान्दारीताका साथ समाज, राष्ट्र र अर्थतन्त्रलाई चलायमान वनाउन नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्छन् । हामी कसैले दिएको माछा वनाएर खान भन्दा आफ्नै पौरखले उत्कृष्ट भोजन गर्न सक्ने हैषियत पनि राख्दछौ । जसको लागि आवस्यक छ प्रतिस्पर्धात्मक अवसर ।
यहि पौषको २४ र २५ गते पोखरामा हुन लागेको पोखरा उद्योग वाणिज्य संघको अधिवेशन र निर्वाचनका लागि मैले महिला तथा समग्र व्यवसायीको हित हेतु निम्न प्रतिवद्धता प्रस्तुत व्यक्त गर्न चाहन्छु ।

पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनको लागि स्वतन्त्र समुहको प्रतिवद्धताहरुः–

१. मौद्रिक नीतिले ल्याएको व्यवसायीक उत्थान कोषको कार्यन्वयनमा जोड दिने ।
२. महिला तथा युुवा उद्यमी स्वरोजगार लक्षित कार्यक्रमहरुलाई प्राथमिकताका साथ अगाडि वढाउने ।
३. संघले लिएको लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको आधुनिकीकरणमा विशेष पहल गर्ने ।
४. कोभिड १९ का कारण थला परेको व्यवसायीक पीडालाई मल्हम लगाउन विशेष योजना निर्माण सहित सरकार तथा वैकहरुसँग आवस्यक सहकार्य गर्ने ।
५.घर घरमा संघ भन्ने अवधारणालाई अवलम्वन गर्दै सवै व्यवसायीहरुका समस्या समाधान र गुनासोका लागि प्रविधिमैत्री वातावरण सृजना गर्ने ।
६. फुटपाथ र पार्किङलाई व्यस्थित गर्न आवस्यकीय स्थानको पहिचान सहित सरोकारवालासँग समन्वय गर्ने ।
७. साना, मझौला तथा ठुला उद्योगी व्यवसायीहरुमा प्रतिस्पर्धी क्षमता विकास गराउन आवस्यक तालिम, अध्ययन अवलोकन भ्रमण र गोष्ठीको व्यवस्थापन गर्ने ।
८. केन्द्र, प्रदेश र जिल्ला नगर उद्योग वाणिज्य संघले व्यवसायीक हितका लागि अंगिकार गरेका कुराहरुलाई कार्यन्वयन गर्दै सम्वन्ध थप मजवुद वनाउने ।
९. वस्तुगत संघ तथा निजी क्षेत्रका विभिन्न संघसस्था विच समन्वय र सहकार्य गर्दै व्यवसायी हितका लागि काम गर्ने ।
१०. रोजगारी सृजनाका लागि व्यवसायी र रोजगारी चाहनेहरुको लागि आवस्यक जानकारी सहित सचिवालयमा छुट्टै डेक्सको स्थाना गरिने छ ।
११. पोखरा परिषरमा आवस्यक सम्भावित व्यवसायको जानकारीका लागि सवै खालको सुचनाका उपलव्ध हुने सवै सहितको हेल्प डेक्सको स्थापना गरिने छ ।

१२. संघको आर्थिक अवस्था उकास्न आर्थिक सवलिकरणका लागि राष्ट्रिय र अन्तराष्ट्रि निकायसँग सहकार्य गर्ने ।

कमेन्ट्स
Loading...