सुचना, समाचार र मनोरन्जन

पोखरा ४ मा बजार अनुगमन, ६० प्रतिशत व्यवसाय वडामा बिना दर्ता संचालन

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ४ ले बजार अनुगमन गरेको छ । दशैंको छेकोमा वडाले बजार अनुगमन गरेको हो । पोखराको सिद्धार्थचोक, मानवअधिकार चोक लगायतका स्थानमा बजार अनुगमन गर्दा ६० प्रतिशत व्यवसायीले वडामा बिना दर्ता संचालन गरेको पाइएको वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी गराए ।

“दर्ता नभएका, नविकरण नभएका व्यवसायको अनुगमन गरिएको हो । अनुगमन गर्ने क्रममा ६० प्रतिशत व्यवसाय वडामा दर्ता नभएको पाइयो । उनीहरुलाई हामीले समय दिइएका छौं । दिइएको समय भित्र नभए कारबाही गरिनेछ ।”, उनले भने ।

वडामा दर्ता नगरी व्यवसाय संचालन गर्न नदिइने वडाध्यक्ष पराजुलीले बताए । घरेलुमा मात्रै व्यवसाय दर्ता गरेर नहुने वडामा समेत दर्ता गर्नुपर्ने उनले उल्लेख गरे । “घरेलुमा दर्ता गरिसकेपछि भयो भन्ने व्यवसायीको बुझाई हुँदा वडामा दर्ता गरिएको पाइएन । त्यसैले पनि अनुगमन गर्नुपरेको हो ।”, उनले भने ।

पराजुलीका अनुसार वडाले अनुगमन कार्यक्रमलाई निरन्तरता दिँदै जानेछ ।

Leave A Reply

Your email address will not be published.