सुचना, समाचार र मनोरन्जन

मंगलबारदेखि पोखरा महानगरको फोहर सडकका पेटीमा {हेर्नुहोस् तस्बिरहरु}

आशिष पुरी ,पोखरा /

स्थानीयले विरोध गरेपछि मंगलबारदेखि पोखरा महानगरको फोहर सडकका पेटीबाट उठ्न सकेको छैन् । महानगरले सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले ल्यान्डफिल जाने बाटो बन्द गरेपछि फोहर सडकमै थुप्रिएका छन।

नगरको वातावरण, सौन्दर्य र नगरवासीको स्वास्थ्यसँग गाँसिएको फोहोर व्यवस्थापनप्रति जिम्मेवार निकाय गम्भीर छैनन्। वर्षायाममा चोकका साथै भित्री गल्लीहरूमा फोहोरको डंगुर थुप्रिंदा घाम–पानीले प्रदूषण विकराल बन्यो । महानगरमा यसरी बेलाबेला अचाक्ली भएर देखापर्ने फोहोरको समस्या नियमित रहँदै आएको छ । यसको कारण हो, फोहोर विसर्जन गर्ने व्यवस्थित ल्याण्डफिल साइटको अभाव।

समयमै ल्यान्डफिल्ड साइट व्यवस्थापन नगर्दा मंगलबारदेखि पोखरा महानगरको फोहर उठ्न छोडेको हो। वडा र महानगरबीच यसअघि पटक–पटकका सम्झौता कार्यान्वयन नगरेको भन्दै ल्यान्डफिल साइट प्रभावित जनसरोकार समितिले मंगलबारदेखि फोहोर बोकेको गाडी ल्यान्डफिल साइटै छिर्न रोक लगाएका हुन् । पोखरा महानगरभरका ३३ वटा वडामध्ये २६/२७ वटा वडाको फोहर फाल्ने थलो नै यही हो । तर स्थानीयको विरोधपछि अहिले पोखराको फोहर व्यवस्थापनमा सकस परेको छ।

हेर्नुहोस् तस्बिरहरु :

British college

कमेन्ट्स
Loading...