सुचना, समाचार र मनोरन्जन

पोखरा पर्यटन परिषद अध्यक्षमा भट्टराई

  •  
  •  
  •  
  •  

पोखरा ।

पोखरा पर्यटन परिषद अध्यक्षमा गोपीबहादुर भट्टराई निर्वाचित भएका छन् । पोखरामा शुक्रबार भएको परिषद्को ११ औं अधिवेशनबाट अध्यक्षमा गोपीसहित कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

परिषद् उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् ।

सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भए । बाँकी २ सदस्य कार्यसमितिको बैठकले चयन प्रावधान छ ।

अधिवेशन उद्घाटन शुक्रबार नै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । मुख्यमन्त्री गुरुङले कोभिड –१९ को महामारीका बीच स्वास्थ्य सतर्कता अपनाएर पर्यटनलाई चलायमान बनाउनुपर्ने बताए ।

कोरोनाको त्रासले बाँधिएर नभइ अब स्वास्थ्य सतर्कतामा ध्यान दिएर पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने उनको भनाइ थियो ।

कमेन्ट्स
Loading...