सुचना, समाचार र मनोरन्जन

काठमाडौ -७ बाट उम्मेदवारी इन्जिनियर पोखरेलको यस्तो छ योजना

काठमाडौ :
काठमाडौ -७ बाट उम्मेदवारी घोषणा युवा इन्जिनियर आकर्षण पोखरेलले काठमाडौ -७ बाट उम्मेद्बारी घोषणा गरेका छन् ।लौरो अभियान अन्तर्गत आज काठमाडौको नयाँबजारमा आयोजित एक कार्यक्रमका बीच उनले लौरो चुनाब चिन्ह बाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन।पोखरेल आफैमा सफल युवा इन्जिनियर हुन् ।
हाल पोखरेलकै नेतृत्वमा काठमाडौको कमलादीमा स्काइ वाक टावर निर्माणको अन्तिम चरणमा छ।साथै इलामको कन्याममा निर्माण भएको कन्याम क्लाउड उद्घाटनको तयारीमा छ भने धरानको भेडेटारमा स्काइ वाक टावर निर्माणाधिन छ।कार्यक्रममा बोल्दै इन्जिनियर पोखरेलले अब मतदाताहरु धेरै नै सोच बिचार गर्न सक्ने भैसकेका हुनाले ठुला ठुला कुरा गर्ने र कामै गर्न नसक्नेलाई होइन ठिक्क र सम्भव हुने कुरा गर्ने अनि आधारभूत आवस्यकता पूरा गर्न सक्ने सोच भएको नेतृत्वको आवश्यकता रहेको औल्याए।
योजना योग्यता क्षमता विशेषज्ञता र विवेक यी ५ मुख्या गुण नेतृत्वमा हुनुपर्ने कुरामा जोड दिए।कम्तिमा धारामा पिउन योग्य पानी बाटोमा हिड्दा धुलो र खाल्डा खुल्डी अहिलेको मुख्य समस्या हो।भन्नको लागि हो भने त म मंगल् ग्रहमा गएर नया नया काम गर्ने परियोजना छ भन्दा नि मज्जै आउला तर यथार्थ बोल्नु पर्छ सक्ने र हुने कुरा बोल्नु पर्छ अनि साना साना समस्या बाट समाधान तर्फ जानू पर्छ। इन्जिनियर युवा उम्मेदवारी पोखरेलले कार्यक्रममा बोल्दै आफ्नो चुनावी नारा “परिवर्तन अपरिहार्य छ पर्खनु विकल्प होइन ” रहेको कुरा पनि प्रष्ट पारे।
कमेन्ट्स
Loading...