सुचना, समाचार र मनोरन्जन

२० लाख र २५ लाख पारिश्रमिकबाट पछि हटेकी हुन् पूजा?

काठमाडौं : 

नेपालको सबै भन्दा महँगी अभिनेत्री पूजा शर्मा पारिश्रमिकको विषयमा नबोल्ने भएकी छन्। एउटा फिल्म खेले बापतले उनले २० देखि २५ लाखसम्म पारिश्रमिक लिदै आएकोमा अब पारिश्रमिकको कुरा नगर्ने दाबी गरेकी छन्।

एक अनलाइनसँगको कुराकानीमा आफुले निर्मातालाई मारेर पारिश्रमिक नतोक्ने उदघोष गरेकी छन्। उनले खेल्न लागेको अभिनेत्री तथा निर्माता रेखा थापाको फिल्ममा पनि पारिश्रमिक डिल नगरेको र जति दिए पनि हात थाप्ने बताएकी छन्।

उनले रेखा थापाको फिल्म खेल्न उनले जति दिए पनि हात थाप्ने उल्लेख गरेकी छन्। उनी अभिनित फिल्म ‘संझना विर्सना र सम्हालिन्छ कहिले मन’ले हलमा पानीसम्म भन्न नपाएपछि निर्माता पूजा लिने कुरामा निकै सोच विचारमा रहेका छन्। उनले आफ्नो पारिश्रमिकमा हेरफेर गर्दा डुब्दै गरेको फिल्मलाई राहत मिल्ने देखिन्छ।

कमेन्ट्स
Loading...