सुचना, समाचार र मनोरन्जन
kumdini

पुजा र आकाश अभिनित ‘सम्झना बिर्षना’ भारतमा प्रदर्शन गरिदैँ

काठमाडौं :

British college

गत असार ३१ गते नेपालमा प्रदर्शन भएको पुजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ‘सम्झना बिर्सना’ भारतका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ । निमेष प्रधान निर्देशित फिल्मलाई आगामी ९ सेप्टेम्बर (भदौ २४ गते) बाट पहिलो चरणमा दार्जिलिङ, सिक्किम, सिलगुडी, जय गाउँलगायत विभिन्न ठाउँमा प्रदर्शन गर्न लागिएको हो ।

दार्जिलिङ निवासी रेविका प्रधान र आदित्य प्रधानले मिलेर निर्माण गरेको यस फिल्मले नेपालमा लगानी उठाउन सकेको थिएन । निर्माण पक्षले फिल्म रिलिजको समयमा अभिनेत्री शर्मा अष्ट्रेलिया उडेको र प्रचार प्रसारमा सहयोगन नगरको आरोप समेत लगाएको थियो । निर्माता प्रधानका अनुसार अब यो फिल्म भारतका विभिन्न हलमा अंग्रेजी सबटाइटलमा प्रदर्शन गरिने छ ।

फिल्ममा आकाश र पूजाका साथमा सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणाको पनि अभिनय रहेको छ । यो फिल्म गत वर्षको लकडाउन अघि भारतका दार्जिलिङ, सिलगुढी, सिक्किम क्षेत्रमा छायांकन गरिएको थियो । त्रिकोणात्मक प्रेमकथा बोल्ने फिल्ममा शिव ढकालको छायांकन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी,अर्जुन पोखरेल र निमेष प्रधानलको संगीत रहेको छ ।

कमेन्ट्स
Loading...