सुचना, समाचार र मनोरन्जन

दर्शकलाई अझैँ राम्रो फिल्म दिने प्रयास गर्नेछु – पूजा शर्मा

काठमाडौँ /

नेपाली चलचित्र क्षेत्रमा सधैँ चर्चामा आइरहने अभिनेत्री हुन् पूजा शर्मा । मिलनसार र सहयोगी भावना भएकी अभिनेत्री शर्मा प्राय जसो चर्चामा नै आइरहेकी हुन्छिन् । उनले अभिनय गरेको फिल्म होस् या म्युजिक भिडियो पछिल्लो समय दर्शकको रोजाईमा पर्दै आएका छन् । फिल्म ‘ म यस्तो गीत गाउँछु’बाट अत्यधिक फ्यान फलोइङ बटुलेकी पूजा हरेक फिल्ममा फरक फरक भुमिकामा अभिनय रुचाउने अभिनेत्री हुन् ।

गत वर्ष रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु२’ ले राम्रो कमाई गरेपछि २०७८ को हिट अभिनेत्रीको रुपमा समेत आफुलाई चिनाएकी छन् । थुप्रै चलचित्र प्रदर्शनमा आएता पनि पूजा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ उत्कृष्ट बन्न सफल भयो । त्यस्तै उनी अभिनित अर्को फिल्म ‘सम्झना बिर्षना’ पनि रिलिजको तयारीमा रहेको छ । उनै पूजा शर्मासँग भोला अधिकारीले गरेको केहि छोटो कुराकानी :

तपाईको समय कसरी वितिरहेको छ ?

अहिले केहि म्युजिक भिडियोको काम भइरहेको छ भने फिल्म ‘सम्झना बिर्षना’को प्रचार प्रसारमा लागिरहेको छु ।

विवादै विवादमा पर्दा पनि तपाईको फिल्म ‘म यस्तो गीत गाउँछु २’ हिट भयो ?तपाईलाई लागेको थियो, यसरी फिल्मले कमाइ गर्ला भनेर ?

फिल्म चल्ला नचल्ला भनेर एकप्रकारको मनमा डर थियो । अब के होला,कसो होला ? फिल्मको प्रिमियरमा पनि तपाईले देख्नुभयो होला ? मेरो अनुहार कति अँध्यारो थियो । तर,भगवान रुपी दर्शकले मलाई साथ दिनुभयो । मेरे फिल्मलाई माया गरिदिनुभयो ।

अभिनेत्री र निर्माता हुनुमा निकै फरक रहेछ है?

अभिनेत्री हुँदा फिल्मको चिन्ता हुन्थ्यो । फिल्मलाई कसरी राम्रो बनाउने भनेर,मनमा चिन्ता हुन्थ्यो । निर्मात्री पनि भएपछि दोहोरो भार थपिने रहेछ ।
हिरोइन हुँदा र निर्माता बन्दामा के के फरक पाउनुभयो ? दुवै कुराको अनुभव बटुलिसक्नुभएको छ ।

यस्तो हो । फिल्म क्षेत्रमा नै काम गरियो । यहि क्षेत्रमा काम गर्दा गर्दै यहि क्षेत्रमा इन्भेष्ट गरौँ भन्ने मलाई लाग्यो । यहि क्षेत्रमा हामीले नै लगानी गर्यो भने धेरै जनाले काम पनि पाउनुहुन्छ । अनि जति धेरै निर्माता बढ्यो उती फिल्म क्षेत्रलाई राम्रो हो भनेर नै म यो क्षेत्रमा आएको हो । निर्माता बढेपछि फिल्मकर्मीले काम पाउने भए ।

निर्माता नै घटे भने त फिल्ममा काम गर्नेहरु त पलायन हुनु बाहेक केहि छैन । त्यस कारण पनि मैले निर्माताका रुपमा हात हालेको हो । अरु कुनै कारण छैन । अर्को कुरा जुन ठाउँले मलाई बनायो म पनि त्यो ठाउँलाई योगदान गर्न सक्छु र केहि गरौँ भन्ने सोच आएर म निर्माताका रुपमा आफुलाई उभ्याएको हो ।

म यस्तो गीत गाउँछु २ पछि तपाईको बाहिरि व्यानरमा निर्माण भएको फिल्म ‘सम्झना बिर्षना’ प्रदर्शनको तयारीमा रहेको छ । तपाई र आकाशको जोडीलाई फेरि दर्शकले खोजिरहेको अवस्था छ । के हुन्छ अबको दिनमा पूजा र आकाशसँगसँगै अर्को फिल्ममा पनि दर्शकले हेर्न पाउनेछन् कि यहि हो लाष्ट ?

लाष्ट भन्ने नै हुँदैन । कलाकार भएपछि हरेक मान्छेसँग अभिनय गर्नुपर्ने हुन्छ । दर्शकले र निर्माताले खोजेको बेलामा ,कथाले मागेपछि हामीसँगै काम गर्नेछौँ । हामीमा त्यस्तो मनमुटाव पनि त केहि भएको छैन । काम त हामी गरिहाल्छौँ नि ।

पूजाले बनाउने अबको नयाँ फिल्ममा आकाशलाई देख्न सकिन्छ कि नाई ?

फिल्मको कथाले माग्यो भने सकिन्छ ।

अबको योजना के छ ? नयाँ फिल्म निर्माण कुनै तयारी भइरहेको छ त ?

फिल्म बनाउने भन्ने सल्लाह भइरहेको छ । पहिला मिल्ने खाल्को कलाकार खोजिरहेका छौँ । हिजोको भन्दा आज र आज भन्दा भोली दर्शकलाई राम्रो फिल्म कसरी दिउँ भन्नेमा छु म । किनभने दर्शकले नयाँ नयाँ टेष्ट खोजिरहनुभएको हुन्छ । उहाँहरुको चाहाना अनुसारको फिल्म बनाइयो भने मात्रै दर्शकले फिल्म हेरिदिनुहुन्छ ।

तपाई अभिनेत्री, निर्माता मात्रै होइन एउटा राम्री गायिका पनि हो ? ८ वर्ष अघि अनिल सिंहसँग गीत गाउनुभएको थियो ? त्यसपछि फेरि तपाईका गीतहरु सार्वजनिक भएनन् नि ? किन होला ?

आफ्नो आवाजमा फिट हुने कुनै गीत पाए भने फेरि पनि गाउँछु । तर, म प्रोफेशनल रुपमा गायिका होइन । मेरो आवाजलाई मिल्दोजुल्दो भेटेको खण्डमा गाउँछु होला । अहिले चाही त्यसको तयारी छैन ।

कमेन्ट्स
Loading...