काठमाडौंः
नेपाली चलचित्र क्षेत्रकी सधैँ चर्चामा आइरहन रुचाउने अभिनेत्री हुन् पूजा शर्मा । कहिले प्रेमीका कारण त कहिले आफ्नै बोलीका कारण उनको चर्चा भइरहन्छ । उनलाई केहि न केहि नगरी बस्नै नसक्ने र कन्ट्रोभर्सीले चलेकी नायिकाको आरोप समेत लाग्दै आएको छ। तर,उनले आफु कन्ट्रोभर्सीले मात्र नचलेको दावी गरेकी छन् ।
शनिबार आफ्नै अभिनय रहेको ‘आँट गरेनौ’को पत्रकार सम्मेलनमा उपस्थित भएकी पूजाले आफु मेहनतले यो स्थानमा आएको बताईन् ।

‘आज पूजा शर्मा कन्ट्रोभर्सीले मात्र बनेको हैन,पूजा शर्मा आफ्नो मेहनतले बनेको हो,’उनले भनिन्,‘मैले स्ट्रङ्गल गर्ने टाइममा टप दिइरहेको थिए कन्टिन्यु तर मैले कसरी गर्नुपर्छ,इन्डिस्ट्रीमा अगाडी आउछु भनेर,एउटा मेहनत गर्दै आइसकेको मान्छेलाई एउटा नराम्रो वेले प्रिजेन्ट गर्नु राम्रो होइन नि त।’
पछिल्लो समय अभिनेत्री आँचल शर्माले तपाईले अन्तरवार्तामा अग्रज अभिनेत्र भनेर सम्बोधन गरेको कुरालाई कसरी लिनुहुन्छ भन्ने पत्रकारले राखेको कुराले पूजाले सहर्ष स्वीकार गरिन् । आफुले सानैबाट म्युजिक भिडियोमा काम गरेर फिल्ममा आएको स्मरण गर्दै आँचलले बोलेको कुरालाई नेगेटिभ नलिने बताईन् ।
‘उहाँ मलाई एकदमै मन पर्ने नायिका पनि हो,मलाई एकदम मन पर्छ । आज उहाँले प्रोफेसनल्ली उहाँले मलाई अग्रज भन्नु पनि भो,हुन पनि हो,स्कुलमा पढ्दा देखि नै भिडियो गर्दै आएको मान्छे हो,’उनले भनिन्,‘ किनभने म हाइफाई परिवार पनि होइन,स्ट्रङ्गल गरेरै आएको हो। म सानै हुँदा देखि नै काम गरेको देखेर पनि होला उहाँले मलाई अग्रज कलाकार भन्नु भएको ।’