सुचना, समाचार र मनोरन्जन

प्रभु बैंकले शुरु गर्यो ‘ईकेवाईसी सेवा’

काठमाडौँ /

प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ ।

प्रभुमा खाता खोली कारोबार गरेका सम्पूर्ण ग्राहकहरुले बैंकको वेबसाइटमा लगइन गरी अनलाइन मार्पmत केवाईसी अद्यावधिक गर्ने व्यवस्था मिलाईएको छ । जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पूर्णरुपमा हटेको छ ।

बैंकले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसीसम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुने र यसबाट ग्राहकहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउनु हुनेछ भन्ने विश्वास लिइएको छ ।

कमेन्ट्स
Loading...