सुचना, समाचार र मनोरन्जन

युगान्डाबाट फर्किएपछि प्रधानमन्त्री प्रचण्डले भने,‘टीआरसी विधेयक सदन खुल्ने बित्तिकै सहमतिबाटै टुङ्गिन्छ’

काठमाडौँ :

युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएरफर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक अघि बढाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने बताए। आइतबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा उनले टीआरसी विधेयक सदन खुल्ने बित्तिकै टुङ्ग्याइने बताएका हुन्।

उनले भने,‘टीआरसी विधेयक सदन खुल्ने बित्तिकै सहमतिबाटै टुङ्गिन्छ र शान्ति प्रक्रियाले पूर्णता पाउँछ।’

कुराकानीका क्रममा उनले अहिलेको सरकारका कामकारबाहीले गति लिन थालेको बताए। सरकारको पुनर्गठन हुने क्रममा उनले आफूले सरकारको कामले गति नलिए र मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रीमण्डल पुनर्गठन हुनसक्ने समेत जानकारी दिए।

Leave A Reply

Your email address will not be published.