सुचना, समाचार र मनोरन्जन

बलिउडकर्मीलाई प्रदीप खड्काको सुझाव : कम बोल्नु काम धेरै गर्नु

काठमाडौं : 

नेपाली अभिनेता प्रदीप खड्काले भारतिय फिल्म नचल्नुमा कलाकारको हात रहेको बताए । उनले एक अन्तरवार्तामा पछिल्लो समय हिन्दी फिल्म घाटामा जानु काम भन्दा बढि बोलेको कारण यस्तो अवस्था बताएका हुन् ।

तीजको अवसरमा महिला सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रदीपले कुरा कम काम बढि गर्नु पर्ने सुझाव दिएका हुन् । उनले भनेका छन्,‘इन्डस्ट्रीले कुरा कम गरेर काममा ध्यान दिने हो भने ‘बाइकट’को अवस्था नै आउँदैन । त्यसैले बोल्न कम गरेर काम गरौं ।’

सोही कुराकानीमा प्रदीपले आफुहरु हिन्दी फिल्म मेकिङबाट इन्स्पार्ड भएको दावी गर्दै केहि समय अघिसम्म नेपाली फिल्मका पोस्ट प्रोडक्सन भारतमा हुने गरेको बताए ।

कमेन्ट्स
Loading...