सुचना, समाचार र मनोरन्जन

प्रदेश १ मा थप १७९ जना कोरोना सङ्क्रमित, ९२ निको भए

काठमाडौं ।

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ८३५ जनाको पिसीआर परीक्षण गरिएकामा ५५ महिलासहित १७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Parichay

मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ५३ मध्ये विराटनगरमा ४०, सुनसरीका ३८, झापाका ६२, इलामका १०, पाँचथर र तेह्रथुमका दुई/दुई, ताप्लेजुङ, उदयपुर र धनकुटाका एक/एक तथा प्रदेश बाहिरका नौ जना छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २७ हजार ४४१ पुगेको छ । प्रदेशमा आज ९२ सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

यससँगै उपचारपछि निको हुनेको सङ्ख्या अहिलेसम्म २२ हजार ३७७ पुगेको छ । प्रदेशमा अहिलेसम्म एक लाख ९२ हजार २६१ जनाको पिसीआर परीक्षण गरिएको छ । रासस

Comments
Loading...