सुचना, समाचार र मनोरन्जन
Tiger Cup

गण्डकीको यूवा तथा खेलकुद मन्त्रालय गाभियो

पोखरा /

गण्डकी प्रदेशको यूवा तथा खेलकुद मन्त्रालय गाभिनेमा परेको छ ।

सत्तारुढ दलले मन्त्रालयको संख्या घटाउने निर्णय संगै यूवा तथा खेलकुद मन्त्रालय गाभिएको हो । सत्तारुढ दलको सोमबार बसेको बैठकले १२ वटा मन्त्रालयबाट ७ वटामा झार्ने निर्णय गरेको छ ।

सर्वदलिय बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार विकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वातावरण र कृषि तथा जलस्रोत मन्त्रालय रहने टुङ्गो लगाएको छ ।

करिव दुई वर्ष अघि तत्कालिन मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको यूवा तथा खेलकुदलाई टुक्राएर छुट्टै मन्त्रालय गठन गरेका थिए । मनाङबाट निर्वाचित राजिव गुरुङ (दिपक मनाङ्गें) लाई मन्त्री बनाउन मन्त्रालय फुटाइए पनि अहिले पुनः गाभिएको छ ।

अव खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने छ  ।

कमेन्ट्स
Loading...