सुचना, समाचार र मनोरन्जन

भारतीय वृद्ध किसानमाथि प्रहरीले लाठ्ठी प्रहार गरेको भाइरल तस्बिर

काठमाडौं ।

भारतमा यसबेला किसानहरु आन्दोलनको अग्रमोर्चामा लडिरहेका छन् । प्रदर्शनमा ओर्लिएका किसानहरुले नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएको हलिया कानुन खारजको माग गरिरहेका छन् ।

उनीहरुले सो कानूनलाई किसान विरोधीको संज्ञा दिइरहेका छन् । सो कानून खारेजको माग गर्दैै अहिले भारत विशेषगरी पञ्जावका हज्जारौं किसानहरुले राजधानी नयाँ दिल्लीको सीमामा प्रदर्शन गरिरहेका छन् ।

किसानहरुको आन्दोलन दबाउन मोदी सरकारले ठूलो संख्यामा प्रहरी र अर्धसैनिक बल तैनाथ गरेको छ । यसैक्रममा सो प्रदर्शनमा देखिएको एउटा तस्बिर अहिले संसारभर भाइरल भैरहेको छ ।

उक्त तस्बिरमा एक शिख मुलका वृद्धमाथि प्रहरीले लाठी बर्साइरहेको दृष्य देख्न सकिन्छ । उक्त दृष्य गत शुक्रबार सिंघु बोर्डरमा देखिएको दृष्य हो ।

एक वृद्धमाथि प्रहरीले लाठी बर्साएको सो दृष्यको अहिले संसारभर आलोचना भैरहेको छ । मोदी सरकारविरुद्ध त्यहाँको प्रतिपक्षी दल लगायतका राजनीतिक पार्टीहरुले सरकारको चर्को आलोचना गरिरहेका छन् । उक्त तस्बिर समाचार एजेन्सी पिटीआईका रवि चौधरीले खिचेका हुन् ।एजेन्सीको सहयोगमा

कमेन्ट्स
Loading...