पोखरा /
गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको नयाँ गीत “फुटेका चुरा ” सार्वजनिक भएको छ । गीतमा चर्चित अभिनेत्री नम्रता श्रेष्ठको अभिनय रहेको छ । झट्ट हेर्दा गीतमा लगानी राम्रै गरिएको देखिन्छ । राजा महाराजाको समयलाई गीतमा उल्लेख गरिएको छ । काल्पनिक कथामा आधारित म्युजिक भिडियोका निर्देशक प्रकाश सपुत आफै हुन् । कथा समेत उनकै हो ।
सपुतकै शब्दसँगीत रहेको गीतलाई संगीत संयोजन योगेश काजीले गरेका छन् । म्युजिक भिडियोमा कविता नेपालीको अभिनय देख्न सकिन्छ । गम्भिर बिष्टको कोरियोग्राफीमा तयार भएको म्युजिक भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । म्युजिक भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन् । गीतमा निरज पन्थीले समेत अभिनय गरेका छन् ।