सुचना, समाचार र मनोरन्जन

सवारी दुर्घटनामा गम्भिर दुर्घटनापछि प्रमोद भने,‘ कार रोडको पर्खालमा बज्रिएपछि अर्ध निन्द्रा मै मेरो होस गुम्यो’

काठमाडौं /

गायक प्रमोद खरेल गम्भिर सडक दुर्घटनामा परेका छन् । बुधबार साँझ काठमाडौँमा गीत रेकडिङ सकेर तुलसीपुरको दाङमा हुने सास्कृतिक कार्यक्रममा लागि जाँदै गर्दा बाटोमा सडक दुर्घटनाम परेका हुन् । उनका अनुसार तुलसीपुर नेपालजंगको फ्याइटबाट ओलिएर दाङको कार्यक्रमको लागि राती १ बजे होटल पुग्न १० मिनट मात्रै उनी दुर्घटनामा परेका थिए ।

British college

उनले लेखेका छन्,‘ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा पर्यो । कार रोडको पर्खालमा बज्रिएछ । अर्ध निन्द्रा मै मेरो होस त्यहि गुमेछ । दुर्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर बेडमा बसाउँदा मात्र झण्डै ४५ मिनट पछि मेरो हासश आएछ।’

उनले कारण दुर्घटना प्रश्चात आफु ५–७ मिनेट बेहोस भएको बताए । सो समयमा आफु कता थिए को के भए पत्तै नभएको बताए । ‘करिब ५÷७ मिनट कहाँबाट आए कहाँ छु पत्तै पाइनँ । गाड़ीको ऐर ब्याग र सिट बेल्टले ज्यान जोगाएछ । सँगैका दुइ आयोजक भाइहरु रकताम्य देख्दा छन् मन झनै डरायो,’उनले लेखेका छन्,‘राती ४ बजे होटल अस्पताल डिस्चार्ज भएर काठमाडौँ आइपुगे । काठमाडौँमा करिब ६ घण्टा अस्पतालमा सिटी स्कान लगायत सबै जाँच पछि बेड आराममा छु । बाहिरी चोट भएपनि भित्रि समस्या सबै नेगेटिभ आएको छ । बिस्तारै सामान्य हुने क्रममा छु ।’

उनले तीन चार दिन घरमा नै आराम गर्ने बताएका छन् । आराम प्रश्चात मात्रै आफु काममा फर्कने बताए । उनका थुप्रै गीतहरु पछिल्लो समय चर्चामा रहेका छन् । भ्वाइस अफ नेपालका जज समेत रहेका प्रमोद युवापुस्ताका लोकप्रिय गायक हुन् ।

कमेन्ट्स
Loading...