काठमाडौँ /
गायक प्रमोद खरेलको आवाजमा रहेको ‘दुनियाँलाई हसाई हसाई’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा ज्ञान बहादुर गुरुङको शब्द तथा टेक नारायण चापागाईँको संगीत संयोजन रहेको छ ।

जीवनमा आइपर्ने प्रेम र विछोड नै गीतको विषयबस्तु हो । आफ्नो मायामा घात गर्दाको पिडालाई गीतमा समेटिएको छ । आफूले माया गरेको मान्छेले छोडेर पराईको साथमा जादाँको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।
निशान एसकेको निर्देशनमा तयार भएको भिडियोमा गरिमा शर्मा, समिर खान र मोक्तर खानको अभिनय रहेको छ । दिपक गिरीले खिचेको भिडियोलाई निर्देशक निशानले नै सम्पादन गरेका हुन् ।