सुचना, समाचार र मनोरन्जन

प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरे कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी

काठमाडौं । गृहमन्त्रालयले कसैको अनुमति विना तस्विर खिच्न र  प्र्याङ्क  भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गरे कारबाही गर्ने चेतावनी दिएको छ । बिहिबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिबिना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गरे कारबाही गर्ने चेतावनी दिएको हो ।

British college

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सार्वजनिक स्थलमा कुनै व्यक्तिको अनुमतिबिना कुनै प्रकारको तस्वीर लिन सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको अनुमति÷सहमति बिना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।’

कमेन्ट्स
Loading...