सुचना, समाचार र मनोरन्जन

‘प्रसाद २’को लफडालाई मिलायो निर्माता संघले

काठमाडौं : 

लामो समय देखि विवादमा रहेको फिल्म ‘प्रसाद २’को लफडा अन्तत टुंगिएको छ । बिहिबार चलचित्र निर्माता संघको पहलमा भएको वार्तामा दुईबुँदे लिखित सहमति सहित विवाद सकिएको हो ।

निर्माता सुवास थापा र अभिनेता विपिन कार्कीबीच सुटिङमा विवाद चलेको थियो । फिल्मको सुटिङ चलिरहदा विपिन एकाएक काठमाडौं हिडेको भन्दै आरोप लागेको थियो । विवाद चर्किएपछि गत भदौ ९ गते निर्माता थापाले सुटिङको वातावरण मिलाइदिन आग्रह गर्दै निर्माता संघमा उजुरी दिएका थिए ।
सोही उजरीका आधारमा निर्माता सुवास थापा, निर्देशक सुदर्शन थापा र अभिनेता विपिन कार्कीले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्दै फिल्म छायांकनमा जाने सहमती भएको छ । सम्झौताअनुसार आगामी मंसिर ७ गतेदेखि छायांकन गर्ने लिखित सहमति भएको छ । निर्माता संघका अध्यक्ष नवल खड्काले ‘प्रसाद २’को विवाद टुंगिएको बताएका छन् । त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएपछि अब फिल्मको विवाद नरहेको जानकारी दिएका हुन् ।

कमेन्ट्स
Loading...