सुचना, समाचार र मनोरन्जन

प्रदीपको ‘प्रेम गीत–३’ को प्रदर्शन मिति घोषणा

  •  
  •  
  •  
  •  

काठमाडौ । यस बर्षको बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत–३ को ‘रिलिज मिति घोषणा भएको छ । निर्माण टिमले फिल्मलाई आगामी फागुन २३ गते प्रदर्शन गर्ने घोषणा गरेको हो ।

फिल्मका निमार्ता तथा निर्देशक सन्तोष सेनले फिल्मको प्रदर्शनका लागि जोखिम मौल्दै फागुन १३ गते देशैभर प्रदर्शन गर्ने बताएका छन् । उनले अभिनेता प्रदीप खड्काको एक पोस्टर सार्वजनिक गर्दै फिल्म अव प्रदर्शनको समय भएको जानकारी समेत आफ्ना दर्शकलाई दिएका छन् ।

‘हजुरहरुको लागी एउटा ठुलो चुनौती मोलेर एउटा यस्तो कम गर्ने हिम्मत जुटाएका थियौ । कोरनाकालको समयमा पनि थप हिम्मतका साथ नेपाल देखी भारतको यात्रामा दिग्गज दिग्गजलाई समेट्न सकेका थियौ’,उनले भने,‘अन्तत : (फागुन)१३ गते हजुरहरुलाई सुम्पिने निर्णय लिएका छौ।’  सन्तोष सेनले आफैले निर्माण गरेको फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले सयुंक्त रुपमा निर्देशन गरेका हुन् । फिल्मलाई २ सय वर्ष पुरानो लभस्टोरीम  बनाइएको बताइएको छ ।

फिल्ममा प्रदीप खड्काका साथमा क्रिस्टिना गुरुङसँगै शिब श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्स गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिसा खत्री, लक्ष्मी बर्देवा, समृद्धी शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेतसहितको मुख्य भूमिका छ ।  यो फिल्म हिन्दीमा पनि डविङ गरिएको छ । भारत र नेपालमा एकसाथ प्रदर्शन गर्ने भनिएको यो फिल्मको ट्रेलर केहि दिनमा रिलिज गरिने पनि सन्तोषले बताए ।

कमेन्ट्स
Loading...