काठमाडौं :
सन्तोष सेन निर्माण तथा निर्देशित फिल्म ‘प्रेमगीत ३’को ट्रेलर सार्वजनिक भएको छ । हिन्दी भाषामा डब भएर भारतका हलमा प्रदर्शन हुन लागेको यस फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।
आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मको १ मिनेट ५८ सेकेन्डको ट्रेलर सार्वजनिक भएको छ । जहाँ फिल्मको कथा राजगद्दी र प्रेम–गीत पात्रको वरिपरी घुमेको ट्रेलरमा देख्न सकिन्छ । स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा ढुंगेयुगको कथामा निर्माण भएको फिल्म हो । ‘प्रेमगीत ३’ले हिन्दी भाषामा डब भएर भारतमा प्रदर्शन हुन लागेको पहिलो फिल्म भनिएको छ । जस कारण पनि यो फिल्मको चर्चा अहिले सर्वत्र भएको हो ।
यस फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई अहिलेका चर्चित छायांकार राजेश श्रेष्ठले खिचेका हुन् । यसअघि फिल्मलाई नेपाली र हिन्दी भर्सनमा निर्माण टिमले दुईवटा ‘पावर प्याक्ड’ टिजर सार्वजनिक गरेको थियो ।