सुचना, समाचार र मनोरन्जन
kumdini

‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको मन्त्रालयको ठहर : नेपाली फिल्म अनुसारकै सुविधा पाउने

काठमाडौं : 

British college

फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको छ । बिहिबार मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार अब ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शन हुने छ । हिजो बुधबार चलचित्र विकास बोर्डले हिन्दी प्रेमगीत ३ लाई १५ प्रतिशत शुल्क तिर्ने गरी विदेशी फिल्म सरहको सेन्सर सिफारिस गरेपछि मन्त्रालयले स्पष्टीकरणको लागि अध्यक्ष भुवन केसीलाई बोलाएको थियो ।

सन्तोष सेनले निर्माण तथा निर्देशन गरेको फिल्ममा ‘प्रदीप खड्का,कृष्टिना गुरुङ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । फिल्म भोलीबाट विश्वभर एकसाथ प्रदर्शन हुँदैछ ।

कमेन्ट्स
Loading...