सुचना, समाचार र मनोरन्जन
kumdini

फ्राइडे रिलिज : सन्तोष र प्रदीपको ‘प्रेम गीत ३’

काठमाडौं : 

British college

शुक्रबारबाट नेपाल सहित विभिन्न देशबाट नेपाली फिल्म ‘प्रेम गीत ३’ रिलिज भएको छ । नेपाली तथा हिन्दी भाषामा डब भएको फिल्म विश्वभर एकसाथ हलमा लागेको हो ।

प्रदीप खड्का र कृष्टिना गुरुङको शीर्ष भूमिका रहेको यो फिल्मको हिन्दी र नेपाली दुवै भर्सनमा दर्शकले हलमा हेर्न पाउने छन् । नेपालमा भने हिन्दी भर्सनको फिल्म सोमबारबाट मात्र हलमा लाग्नेछ ।

फिल्ममा माया, प्रेम र एक्सन प्रस्तुत गरिएको छ । सन्तोष सेन र छेतेन गुरुङले सयुक्तरुपमा निर्देशन गरेको यो फिल्मलाई अपेक्षित रुपमा हेरिएको फिल्म हो । फिल्ममा ‘प्रदीप,कृष्टिनाका साथमा लक्ष्मी बर्देवा, जीवन भट्टराई,जिवन बराल लगायतको अभिनय रहेको छ । यस फिल्मको हिन्दी र नेपाली दुवै ट्रृलरलाई अत्यधिक मात्रामा रुचाइएको छ ।

कमेन्ट्स
Loading...