काठमाडौं :
अभिनेता पुष्प खड्काले आफु अभिनित फिल्म ‘कृष्ण लीला’ असफल भएपछि पारिश्रमिक फिर्ता गर्ने भएका छन् । बिहिबार उनी अभिनित फिल्म‘तिम्रो मेरो साथ’को गीत रिलिज कार्यक्रममा सो घोषणा गरेका हुन् ।
दसैं अघि रिलिज भएको फिल्म ‘कृष्ण लीला’ वर्षकै फ्लप फिल्म बन्यो । के पुष्पले फिल्म नचले पारिश्रमिकको केही प्रतिशत फिर्ता गर्ने वचन पूरा गरे त ? भन्ने प्रश्नमा पुष्पले निर्माताबाट आफूले लिएको पारिश्रमिकको ३३ प्रतिशत रकम फिर्ता गर्ने बताए । उनी फिल्म नचलेकै बेला एक अन्तरवार्तामा आफ्नो पारिश्रमिकको केहि रकम निर्मातालाई दिन घोषणा गरेका थिए । तर, उनले अहिलेसम्म सो रकम फिर्ता गरेका थिएनन् । उनले ‘कृष्ण लीला’बाट कति पारिश्रमिक लिएका थिए भन्ने प्रश्नमा खुलाउन चाहेनन् ।
‘हो, मैले फिल्म नचले पारिश्रमिकको केही प्रतिशत फिर्ता गर्छु भनेको थिएँ । त्यसपछिको कुरा मिडियामा ल्याइएको छैन । रोहित (कट्टेल) दाई (निर्माता) सँग केही कुरा भएको थियो । मैले केही पारिश्रमिक लिन बाँकी छ,’उनले भने,‘ म पारिश्रमिकको ३३ प्रतिशत फिर्ता गर्छु ।’
नेपाली चलचित्रमा पहिलो पटक फिल्म नचलेपछि पारिश्रमिक फिर्ता गर्ने पहिलो नेपाली अभिनेता हुनेछन् ।
फिल्म ‘कृष्ण लीला’को प्रमोशनका समयमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको अफेयर चलेको हल्ला चलेको थियो । जुन कुराले पुष्प भन्दा बढि श्रद्धाको चर्चा चलेको थियो । पहिलो फिल्मबाटै अफेयरको चर्चाले दर्शकमाझ चिनिएकी उनी फिल्म रिलिज भएसँगै अफेयरको चर्चा सेलायो । यो केपल फिल्म चलाउनका लागि मात्रै मसला बनाइएको रहेछ भन्ने बुझ्न सकिन्छ ।
