सुचना, समाचार र मनोरन्जन

‘तिम्रो मेरो साथ’को ट्रेलरमा पुष्प, साम्रज्ञी र सन्दीप

काठमाडौं : 

साम्राज्ञी शाह र पुष्पा खड्काको अभिनय रहेको फिल्म ‘तिम्रो मेरो साथ’को ट्रेलर रिलिज भएको छ । मंगलबार काठमाडौमा निर्माण टिमले एक कार्यक्रमकाबीच ट्रेलर रिलिज गरिएको हो ।

ट्रेलरमा पुष्प र साम्राज्ञीबीच ‘उतारचढावपूर्ण सम्बन्ध’लाई प्रस्तुत गरिएको छ । तीन मिनेटको ट्रेलरमा रोमान्स, ड्रामा, देखाउन खोजिएको छ ।
ट्रेलरमा पुष्प र साम्राज्ञीका साथमा सन्दीप क्षेत्री, एमिली लामा, सरोज खनाललाई देखाइएको छ । अर्नव पौडेल, आर्यन पौडेल र पासाङ लामा निर्माता रहेको फिल्मलाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशन हो ।

कार्यकारी निर्माता र पटकथा लेखकको रुपमा सबिर श्रेष्ठ रहेका छन् । यो फिल्म पुस २९ गते प्रदर्शन तयारीमा छ । यसअघि ‘मारुनी’जस्तो गम्भीर सामाजिक कथामा सहकार्य गरेका पुष्प र साम्राज्ञीले यो मूलधारको प्रेमकथामा दोस्रोपटक सहकार्य गरेका हुन् ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds