काठमाडौ । बेदु सारु मगरको स्वरमा रहेको ‘गोठालो जान्छउ की’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक मगरकै संगीत रहेको यस गीतमा गायिका द्वय अन्जु पन्त र मेलिना राइएले गायनमा साथ दिएका छन ।
दिनेश सुबेदीले लेखेको गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका छन् । सार्वजनिक भएको यस गीतको भिडियोमा पुष्प खड्का ,गरिमा शर्मा र सुमी मानन्धरले अभिनय गरेका छन् । पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको यस गीतको भिडियोलाई सिता पोखरेलले लगानी गरेकी छन् । मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोलाई गायक मगरकै युट्युब च्यानलमा अपलोड गरिएको छ ।