काठमाडौं :
गायिका मिलन नेवार र रवि ओडको स्वरमा ‘पहरी फूल २’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा राजु सिंहको सगींत र गीता गिरी शेरचनको शब्द रचना रहेको छ ।
प्रेमभाव रहेको गीतको भिडियोमा पुष्प खड्का र विना राउतको अभिनय देख्न सकिन्छ । पहाडी भेगमा पाइने पहरी फूलको विषयमा आफूले आम दर्शक तथा स्रोता माझमा पुयाउन पाउँदा निकै खुशी लागेको गीतका प्रोडयुसर बसन्त घिमिरेले बताए । आफ्नी प्रेमीकालाई गीतमा पहाडकी रानी फुलको रुपमा सुन्दरता भरेको पहरी फूललाई चित्रण गरिएको छ ।
पहरामा फुलेको पहरी फूलले जीवनमा ल्याएको मनमा उब्जीएको कौतुहतालाई गीतमा समेटिएको गीतकार सेरचनले बताइन्। गीतको भिडियोमा नवराज खड्काको छायांकन, बन्दे प्रसादको सम्पादन तथा केशवराज भट्टको निर्देशनमा भिडियो तयार गरिएको छ ।