सुचना, समाचार र मनोरन्जन
kumdini

‘बर बधु’ मार्फत फिल्ममा डेब्यु गर्दै रबिना केसी

काठमाडौ : 

British college

मिलन चाम्सको फिल्म ‘बर बधु’ मार्फत रबिना केसीले अभिनय गर्ने भएकी छन् । सानैबाट चलचित्र खेल्ने चाहाना उनको यहि चलचित्रबाट पूरा हुन लागेको हो । पूर्वको सुन्दर नगरी धरानकी स्थायी बासिन्दा केसी काठमाडौँलाई कर्मथलो बनाउदै आएकी थिइन् । उनी यहि फिल्मबाट चलचित्रमा डेब्यु गर्न लागेकी हुन् ।
विभिन्न गीतका भिडियो तथा विज्ञापनमा काम गरिसकेकी रबिना यो फिल्ममा अडिसनबाट छानिएकी हुन् । अडिसनबाट फिल्मका लागि छानिएकी हर्षित हुँदै भनिन्,‘एउटा राम्रो टिमसँग काम गर्न पाएकोमा आफूलाई भाग्यमानी ठानेको छु । साथै सृजना सुत्रलाई पनि हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु’ ।

खबरहबको मेरो रङ्गमञ्च कार्यक्रममा पनि आफ्नो अभिनय समेत प्रस्तुत गरेकी कलाकार केसीले फिल्म ‘बर बधु’ मा अभिनयका लागि छानिएकी हुन् । यस फिल्मको केहि दिन अघि काठमाडौंको नयाँ बानेश्वरमा एक औपचारिक कार्यक्रम मार्फत फिल्मको घोषणा गरेको थियो ।

मिलन चाम्सले निर्देशन गर्न लागेको यस फिल्ममा अभिनेत्री आँचल शर्मा, साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, नव कलाकार रविना केसी, सृष्टि खड्काको अलवा र नव–अभिनेता विवेक कर्माचार्यको समेत मुख्य भूमिका रहने छ । फिल्मको छायांकन यही महिनाको अन्तिमबाट सुरु हुने निर्माण पक्षले जनाएको छ ।

कमेन्ट्स
Loading...