काठमाडौँ :
कलाकार रवीन्द्र खड्काले चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिएका छन् । चलचित्र कलाकार सङ्घका अध्यक्ष समेत रहेका खड्काले मंगलबार राजिनामा दिएको जानकारी दिए ।
उनले बोर्डले सल्लाकार समितिसँग सल्लाह नगरी विवादित कार्य गर्दै आएको भन्दे राजीनामा दिएको बताएका छन् । बोर्डले आफुले भनेका र दिएको सुझाव समेत नलिएको आरोप लगाएका छन् । उनको राजिनामा पत्रमा आफ्नो राजीनामा कोही कसैसँगको व्यक्तिगत मनमुटाब रहेको समेत उल्लेख गरेका छन् ।
