धरान । धरानमा गर्माएको सांगीतिक माहोललाई अझ संगीतमय बनाउन युवापुस्ताका तीन लोकप्रिय गायक गायिकाहरुले धरानका स्रोता तथा दर्शकलाई नचाउने भएका छन् । एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारीले आगामी पौष २४ गते शनिबार धरानका दर्शकलाई आफ्नो प्रस्तुतीले नचाउन लागेका हुन् । ‘ नेपालआइस मनोरन्जन धमाका २०२२’ आयोजित कार्यक्रमा उनीहरु धरान जान लागेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार शनिबार हुने शो कार्यक्रम धरानको पब्लिक हाईस्कुलको मैदानमा साँझ साढे पाँच बजे देखि आयोजना हुने छ । म्युजिकल कन्सर्टको लागि तिनै जना कलाकारहरु पहिलो पल्ट धरान आउने भएको हुन् । नेपाल आइडल सिजन २ को थर्ड रनर अपको विजयी भएकी अस्मिता अधिकारीले यस कार्यक्रममा आधुनिक ,पप तथा फिल्मी गीतहरुमा गाउने छिन् ।
उनले ‘तिम्रो मायाले बाँधेर राख , टाढा भएपनि , साली मन पर्यो , लज्जावती झार झैँ , को होला त्यो , फल्र्टी माया , सिमसिमे पानी जस्ता थुप्रै हिट गीतहरु गाउने आयोजकले जनाएको छ । उनको भर्खर रिलिज भएको ‘काफल खाने कुइंया ’ बोलको गीत रिलिज भएको एक हफ्ता देखि अहिले सम्म युट्युबको ट्रेन्डीङ्गमा रहेको छ । नेपाल आइडल सिजन ३को टप आठसम्म पुगेकी रचना रिमालले ‘फोटो फिरिममा , उनको प्रित ,एक चिम्टी सिन्दुर , काफल गेडी ,रुमाल चिनो, छुक छुक रेल’ जस्ता थुप्रै गीतहरु दर्शकलाई गाएर सुनाउँने छिन् ।
आँखामा आउने सपनी , ब्ल्याक एण्ड व्हाईट , मन्द – मन्द , क्या राम्री , तिम्रो मुटुमा, लौ कान्छी , मेरी सानु ,शिरफुल जस्ता थुप्रै लोकप्रिय गीतहरु गाइस्केका एकदेव लिम्बुले यिनै गीत गाउने छन् । सिल्भर इन्टरटेनमेन्टले पहिलो पल्ट धरानमा आयोजना गर्न लागेको ‘नेपाल आइस मनोरन्जन धमाका २०२२’ मा आकर्षक डान्स प्रस्तुति समेत राखिएको छ ।