काठमाडौं :
ईश्वर पोखरेल र रचना रिमालको स्वरमा रहेको गीत ‘साहुकी छोरी’को भिडियो सार्वजनिक भएको छ । गुल्मीको रुपाकोटमा जन्मी बुटवलको मणिग्राममा स्थायी बसोबास गरी २००९ देखी अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका गायक पोखरेलको ‘काली मोरी २’ एल्बममा समावेश गीत ‘साहुकी छोरी’ रिलिज भएको हो ।
‘साहुकी छोरी’ गीतमा शिव पलान अधिकारीको शब्द, एस डी योगीको संगीत, रिकेश गुरुङको एरेन्ज रहेको छ । भिडियोमा कमल सिंह, ललना चिमरिया र प्रकाश घिमिरे फिचर्ड छन् । मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन, बुद्ध थापाको छायाङ्कन छ ।
उनले अस्ट्रेलियामा रहेर पनि नेपाली गीत संगीतमा निरन्तर सक्रिय हुँदै आएका गायक पोखरेलले दुइ दशक अघि गीत ‘जानु प¥यो नि म त लाहुर’बाट सुरुवात गरेका थिए । २ सोलो एल्बम ’शीतल’, ’अराइज’ हो भने अस्ट्रेलियाबाट सामूहिक गीति एल्बम ”उडान” पनि २ वर्ष अगाडि रिलिज गरेका थिए । उनका करिब २ दर्जन भन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।
उनको रातो रिबन, काली मोरी, तिमी छैनौ त छैन शीतल, मैले झैँ मर्ने बारे सोध्छौ होला, कति बज्यो भनेर सोधम कि लगायत गीतहरू चर्चामा रहेका छन्।
उनले अस्ट्रेलियामा हुने संगीतिक कार्यक्रममा प्रस्तुतसँगै विभिन्न सङितिक कार्यक्रमको आयोजना पनि गदै आइरहेका छन् । उनले गाएका पछिल्ला आफ्ना गीत संगीतहरु आफ्नै युट्युब च्यानलबाट रिलिज गरिरहेका छन् ।
