सुचना, समाचार र मनोरन्जन

प्रदाप र रचनाको गीतमा मदन र करिश्माको डान्स (भिडियो सहित)

काठमाडौं । प्रताप दास र रचना रिमालको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । यि दुईको आवाजमा रहेको गीत ‘मैले माया लाउने कुन खालको’म्युजिक भिडियो सहित दर्शकमाझ आएको हो । यस गीतमा महेश बिक्रम पाण्डेको शब्द सङ्गीत र एरेन्ज रहेको छ ।

गीतको भिडियोलाई विशाल नेपालीले निर्देशन र कोरियोग्राफी गरेका छन् भने मदन रोकाया र करिश्मा ढकालले नाचेका छन् । दिनेश पराजुलीको छायांकन, अमृत चापागाइको सम्पादन रहेको यस भिडियोलाई मदन रोकाया नामक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।

कमेन्ट्स
Loading...