सुचना, समाचार र मनोरन्जन

राज र सुनिशा विवाह बन्धनमा बाँधिदै : भोलि पत्रकार र कलाकारलाई भोज

काठमाडौं :

एक दशक अघि नेपाल टेलिभिजनबाट प्रसारित ‘तीतो सत्य’ फेम्ड अभिनेता राज आचार्य विवाह बन्धनमा बाँधिएका छन् । बालकलाकारका रुपमा चर्चित राजले र ‘इन्टुमिन्टु लण्डनमा’की अभिनेत्री सुनिशा बजगाईंले मंगलबार लगनगाँठो कसेका हुन् ।

उनको विवाहमा विहानै त्यसै सिरियलका अभिनेता तथा निर्देशक दीपकराज गिरी,दीपाश्री निरौला र निर्मल शर्मा गैँडा जन्ति हिडेका थिए । दीपाश्रीले सामाजिक सञ्जाल फेसबुकमा आफु राजको जन्ति हिडेको भन्दै भिडियो अपलोड गरेकी थिइन् ।

राजको बिहे काठमाडौंको कालोपुलस्थित शिवम् पार्टी प्यालेसमा हिन्दुधर्म तथा परम्पराअनुसार विवाह गरेका छन् । राजको विवाहमा उनका परिवारका आफन्त र केहि कलाकारहरुको उपस्थिति रहेको छ । विवाह समारोह अहिले पनि चलिरहेको छ । समाचार स्रोतका अनुसार बुधबार कलाकार र अन्यका लागि रिसेप्सनको आयोजना गरिएको छ ।

कमेन्ट्स
Loading...