सुचना, समाचार र मनोरन्जन

के ‘राजा’ बन्दैछन् राज ?

  •  
  •  
  •  
  •  

काठमाडौ । फिल्म ‘एक्स नाइन’ मा अनुबन्धित भएका राज कटुवाल फेरि अर्को फिल्ममा जोडिएका छन् । सुदर्शन थापाले निर्देशन गर्ने फिल्म ‘राजा’ मा उनी अनुबन्धित भएका हुन् । फिल्मलाई एमाले युवा नेता तथा गुण्डा नाइके भनेर चिनिएका विराटनगरका परशुराम बस्नेतले लगानी गर्दैछन् ।
ठुला व्यानरका एक साथ दुइ वटा फिल्ममा अनुबन्धित भएका राजलाई यो फिल्ममा दर्शकले एक्सनका रुपमा हेर्न पाउनेछन् । अभिनेत्री वर्षा शिवाकोटीसँग अफेयरमा रहेको चर्चाले दर्शकमाझ चिनिएका राज पछिल्लो सय फिल्म तथा म्युजिक भिडियोमा व्यस्त रहेका छन् । उनका अनुसार फिल्म ‘राजा’ले दर्शकलाई २ घण्टा हलमा बाधेर राख्ने छ ।

किनभने कथावस्तु नै फिल्मको राम्रो छ । एक्सन, लभ, मनोरन्जनदेखि हरेक कुरा यो फिल्ममा हुने भएकाले दर्शकलाई हलमा बसाईराख्नका लागि उनी फिल्मको कथा अनुसार यतिबेला मिहेनत गरिरहेका छन् । राजले यस अघि फिल्म ‘लालटिन, संरक्षण, लिला’मा अभिनय गरेका थिए । तर, दर्शकले उनलाई चिन्दा पनि चिनेनन् । जव राज र अभिनेत्री वर्षा शिवाकोटी प्रेममा रहेको गसिप सार्वजनिक हुन थाले तव फिल्मका निर्माता तथा निर्देशकको नजर उनी माथी परेको हो ।

कमेन्ट्स
Loading...