काठमाडौं :
विस्तारै नेपाली संस्कारमा बिहे अघि ब्याचलर पार्टी दिने चलन बढ्न थालेको छ । यो बीचमा नेपाली कलाकारहरु अगाडी रहेका छन् । एक दशक अघि नेपाल टेलिभिजनबाट प्रसारित हास्य सिरियल ‘तीतो सत्य’ फेम्ड अभिनेता राज आचार्य र ‘इन्टुमिन्टु लण्डनमा’ अभिनेत्री सुनिशा बजगाईं बुधबार बेलुका काठमाडौंको एक रेस्टुरेन्टमा निकट साथीभाइको उपस्थितिमा ब्याचलर पार्टी दिएका छन् । उनीहरुले आफु निकट कलाकारहरुलाई पनि पार्टीमा निमन्त्रण गरेका थिए ।
असार ७ गते विवाह बन्धनमा बाँधिने तयारीमा रहेका राज र सुनिशा पार्टीमा निकै रोमान्टिक मुडमा देखिएका थिए । उनीहरुको पार्टीमा केक काट्नेदेखि भोजसम्मको व्यवस्था रहेको देख्न सकिन्थ्यो । आमन्त्रित पाहुनालाई रोमाञ्चक बनाउन हुने वाला बेहुला अर्थात राजले केही सांगीतिक प्रस्तुति समेत दिएका थिए । राज निकटका अनुसार उनीहरु डेढ वर्षदेखि प्रेममा रहदै आएका थिए । राज बाल कलाकारहरु हुँदै केहि फिल्ममा समेत अभिनय गरेका थिए । उनी कलाकार तथा निर्देशक शंकर आचार्यका कान्छा छोरा हुन्।
