सुचना, समाचार र मनोरन्जन

आफ्नो मन कहिलै बुढो नहुने राजेशको भनाई

काठमाडौं : 

महानायक राजेश हमालले आफ्नो मन कहिलै बुढो नभएको बताएका छन् । काठमाडौंमा भएको म्युजिकल फिल्म ‘गल्ली’ सार्वजनिक भएको कार्यक्रममा उनले यो कुरा बताएका हुन् ।

१० मिनेट ३५ सेकेण्डको म्युजिकल फिल्म ‘गल्ली’को सार्वजनिक कार्यक्रममा उनले आफूले पनि मन बुढो भएन भन्ने गीत गाउने प्रयास गरेको तर्क गरे ।उनले छ महिना अघि आफ्नै स्वरमा मन बुढो भएन बोलको गीत सार्वजनिक गरेका थिए ।

गायक यश कुमार र मेचु धिमालको स्वरमा सजिएको ‘गल्ली’ गीतको भिडियोमा रेस्मा घिमिरे, यश कुमार, राजेश घतनी लगायतका कलाकारले अभिनय गरेका छन् । सोही कार्यक्रममा आजबाट प्रदर्शनमा आएको फिल्म ‘ह्यारी कि प्यारी’को समेत प्रचार गरिएको थियो ।

कमेन्ट्स
Loading...