सुचना, समाचार र मनोरन्जन

राजेशले गरे लैनचौरबाट मतदान : अर्को पटक चुनावमा उठ्ने संकेत

काठमाडौं : 

महानायक राजेश हमालले पनि आफ्नो मताधिकारको सदुपयोग गरेका छन् । हमालले शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा लैनचौरस्थित कन्या हाईस्कुलको केन्द्रबाट मतदान गरेका हुन् ।

British college

आज विहानै मतदाताको लाइनमा बसेर उनले मत दिएका हमालले पत्रकारसँगको कुराकानीमा उनले अर्को चुनावमा आफु पनि मेयर उठ्न सक्ने संकेत दिए । उनले भने,‘भविष्यवाणी त म के गरौं ? तर सकिंदैन भन्न पनि सकिंदैन ।’

उनले कलाकारहरु राजनितिमा आउनु कुनै नराम्रो भएको तर्क गरे । उनले राजनितिमा आउनु भनेको आफ्नो अधिकार भएको उल्लेख गर्दै हर कोही राजनितिमा आउनु नौलो नभएको बताए । नागरिकको हैसियतमा राजनीति गर्ने इच्छा व्यक्त गरेकाले राजनितमा प्रवेश गरेर देश हाँक्न खोज्नु नराम्रो नभएको दाबी गरे ।

केहि महिना अघि हमाल आफै काठमाडौंको मेयरमा उठ्ने हल्लाले चर्चामा ल्याइसकेको छ । उनले गाडीमा सवार भइरहँदा बाटोमा देखेको खाल्टोखुल्टीलाई देखाउदै आफ्नो युटुब च्यानलमार्फत मेयर बन्ने कुरा गरेका थिए । उनले भनेका थिए,‘काठमाडौं महानगरको मेयर बन्नुपर्छ कि क्या हो !’

उनको यो ठट्यौली ब्यङ्ग्यले राजनितिक दलमा ठुलै तरंग मच्याएको थियो । तर, उनले केहि समय अघि आफु निकट मान्छेहरुसँग कुनै पनि पार्टीमा आफु आबद्ध नहुने बताइसकेका छन् ।

कमेन्ट्स
Loading...