सुचना, समाचार र मनोरन्जन

‘राजेश हमाललाई नचाउन मलाई गाह्रो लाग्दैन’ :देबेन्द्र पाण्डे

नेपाली म्युजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेका कोरियोग्राफर तथा निर्देशक हुन् देबेन्द्र पाण्डे । फरक फरक कन्सेप्टमा भिडियो निर्देशन गर्दै आएका पाण्डेले २०६० साल भन्दा अघिबाट कोरस नाच्न थालेका थिए । स्कुलमा पढ्दै गर्दा फिल्म तथा भिडियोमा कोरस नाच्न थालेका निर्देशक पाण्डेले २०६५ सालबाट आफै फुल निर्देशन गर्न थालेका हुन् ।

हालसम्म देबेन्द्रले ३ सय भन्दाबढि म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन् । देबेन्द्रले पछिल्लो समय निर्देशन गरेको म्युजिक ‘मन बुढो भएन ’बोलको म्युजिक भिडियो चर्चामा रहेको छ । उक्त गीत अभिनेता राजेश हमालले गाएका छन् । राजेश हमाललाई पछिल्लो समय म्युजिक भिडियोमा नचाइरहेका देबेन्द्र पाण्डेसँग भोला अधिकारीले गरेको छोटो कुराकानी :

के छ खबर, सन्चै हुनुहुन्छ ?
अहिले सम्म ठिक छु ।
के गर्दै हुुनुहुन्छ ?
दुइ चार ओटा म्युजिक भिडियोहरुको सुटिङ गर्नुपर्नेछ । त्यसैको तयारीमा जुटिरहेको छु । आफ्नो कामै यहि हो, यो बाहेक अरु के नै पो गर्नु छ र?
तपाई निकै ब्यस्त हुनुहुन्छ है ?
निकै ब्यस्त त नभनुँम, जे होस् खाली बस्नु परेको छैन । काम गरिरहेको छु । अहिले पनि कामकै सिलसिलामा दौडिरहेको छु ।

यतिका म्युजिक भिडियो निर्देशन गरिरहुनुभएको छ । कतिको सन्तुष्ट हुनुहुन्छ ?

म त एकदमै सन्तुष्ट छु । किनभने सानैबाट साइड कोरस नाच्दै आएको मान्छे । ठुलो भएपछि तिनै कलाकारहरुलाई नचाइरहेको छु । यो मेरो अहोभाग्य कुरा हो । म आफ्नो कामबाट निकै सन्तुष्ट छु । अर्को कुरा मलाई भिडियोमा फरक फरक कन्सेप्टमा काम गर्न मन लाग्छ ।

सानैबाट डान्सर बने भन्नुभयो ? तपाई पनि पर्दा अगाडी आएर नाचुम हिरो बनुँम भन्ने लागेन ?

सुरुवातको समयमा लागेका थियो । म पनि अरु जस्तै हिरो बन्छु भनेर नाचेको थिए र नाच्थेँ पनि । तर,समयले मलाई निर्देशक बनायो । अहिले मलाई अगाडी गएर नाचँुम् हिरो बनुम् भन्ने लाग्दैन् । यसैमा ठिक छु ।

म्युजिक भिडियोमा काम गरेपछि निर्माणकर्ताले पारिश्रमिक नदिएको बेला बखत हल्ला चल्दै आएको छ । तपाईलाई पनि पारिश्रमिक नपाएको कुनै भिडियो छ ?

मैले यस्तो झमेला भोग्नु परेको छैन । किनभने मैले काम गर्नुभन्दा अघि नै आफ्नो पारिश्रमिक लिइसकेको हुन्छु । पहिला नै पारिश्रमिक लिएर मात्रै काम अगाडी बढाउने हुँदा मलाई कसैबाट पैसा उठाउनुपर्ने टेन्सन हुँदैन र छैन पनि । तपाई भने जस्तै भिडियो खिचियो पैसा भरे भोली भन्दा भन्दे पैसा नपाएको निर्देशकहरु चाही छन् भन्ने सुनेको छु । कतिपयले गुनासो पनि गर्छन् ।

पछिल्लो समय तपाई अभिनेता राजेश हमाललाई आफ्नो म्युजिक भिडियोमा खेलाइ रहुनुभएको छ । हालसालै उहाँकै आवाजमा ‘मन बुढो भा छैन’ गीतको भिडियो पनि बजारमा आएको छ । कस्तो छ दर्शकको प्रतिक्रिया ?

एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ । मैले अघि नै भने नि फरक कन्सेष्ट लिएर म काम गरिरहेको हुन्छु । उहाँको आवाजमा नै एउटा गीत निकालौ न त भन्ने सल्लाह भयो । मैले र संगीतकार दीपक शर्माबीच यो कुरा भएपछि राजेश दादालाई गीत गाउन आग्रह गर्यो । उहाँ पनि गीत गाउन सकरात्मक हुनुभयो । त्यसैले यो गीत स्रोता तथा दर्शकमाझ ल्याउन सफल भयौँ । अर्को एउटा एकल गीत पनि उहाँले गाउँदै हुनुहुन्छ । सायद चाँडै सार्वजनिक हुन्छ ।

राजेश हमाललाई नचाउन निकै गाह्रो हुन्छ ? उहाँ आफ्नै पारामा नाच्नुहुन्छ भन्ने आरोपहरु पनि लाग्दै आएका छन् । तपाईलाई चाही कस्तो लाग्छ ?

मलाई त त्यस्तो कुनै अफ्ठ्यारो लाग्दैन । मैले नचाएको स्टेपहरु मज्जाले टिप्नुहुन्छ । कसले कसरी नचाउँछ भन्ने कुरामा पनि भरपर्छ । अर्को कुरा के छ भने राजेश दाई डान्सर पनि होइन । गीतलाई चाहिने जति डान्स र अभिनय उहाँले गर्नुहुन्छ ।

तपाईले राजेश हमाललाई म्युजिक भिडियोमा नचाइरहँदा कता कता निखिल उप्रेती, विराज भट्टलाई पनि नचाउँ नचाउँ लाग्दैन ?

लाग्छ नि । मैले केहि वर्ष अघि यि ३ जना नै अभिनेतालाई म्युजिक भिडियोमा खेलाउन खोजेको थिए । उहाँहरुको समय नमिलेको कारण खेलाउन पाइन्ँ । तर, निकट भविष्यमा मेरो इच्छा चाहाना भनेको राजेश,निखिल र विराजलाई एउटै म्युजिक भिडियोमा खेलाउने हो र खेलाउँछु पनि ।

म्युजिक भिडियो निर्माण गर्दा गर्दै कहिलेकाँही फिल्म नै बनाउँछु भन्ने मनमा कहिलै आएन ?

हरेको यो चाहाना हुन्छ जस्तो लाग्छ । मलाई पनि फिल्म निर्माण र निर्देशन गर्ने चाहाना छ । तर, फिल्मको भविष्य पछिल्लो समय मैले खासै देखेको छैन । त्यस कारण फिल्ममा भन्दा म्युजिक भिडियोमा नै मज्जा छ ।

 

 

 

कमेन्ट्स
Loading...