सुचना, समाचार र मनोरन्जन

गठबन्धनको सरकार तेल र पानीको समिश्रण : राजीव पहारी

  •  
  •  
  •  
  •  

पोखरा / 

नेकपा एमालेका सांसद राजीव पहारीले अहिलेको गठबन्धनको सरकार तेल र पानीको समिश्रण जस्तो भएको बताएका छन् । गण्डकी प्रदेश सभाको आठौं अधिवेशनको पन्ध्रौं बैठकमा विशेष समय लिँदै उनले सो समिश्रण भएको सरकार भएकाले पिउन पनि नमिल्ने र गाडीमा तेल राखेर चलाउन पनि नमिल्ने तर्क प्रस्तुत गरेका छन् ।

उनले गठबन्धन नेतृत्वको सरकार केन्द्रको रिमोट कन्ट्रोलबाट बनेको आरोप लगाए । सरकारको रुप न हाँसको चाल न बकुल्लाको चाल जस्तो भएको अभिव्यक्ति उनले दिएका छन् । खुर्सानीको बिउ रोपेर सुन्तलाको अपेक्षा गर्न नसकिने भन्दै सत्तापक्षको भूत चढेझै प्रहरीमाथि गरिएको ज्यादती प्रति ध्यानार्कषण गराएका थिए ।

संविधान अनुसार ३० दिन भित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था हुँदाुहँदै अहिलेको सरकारले छिटो विश्वासको मत लिएर झण्डा हल्लाउन खोजेको तर्क उनल गरे । बोल्न पाएर प्याच्च बोल्नुभएन नहुने उनले बताए । न्याउरी मारी पछुतो गर्ने काम गर्नुको अर्थ नभएको उनले उल्लेख गरे । पहारीले गठबन्धनको सरकारलाई स्वार्थको सरकारको संज्ञा दिएका छन् ।

कमेन्ट्स
Loading...