सुचना, समाचार र मनोरन्जन
Tiger Cup

‘द कमाण्डो’ का अभिनेता २४ वर्षपछि अभिनयमा फर्किए

काठमाडौं :

दुइ दशक अघि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘द कमाण्डो’ का अभिनेता राजकुमार राई २४ वर्षपछि फेरि फिल्मको पर्दामा देखिने भएका छन् ।सन् १९९९ मा प्रदर्शनमा आएको यो फिल्म अभिनेता राई फिल्म ‘सोल अफ द कमाण्डो’ बाट कमब्याक भएका हुन् ।

आगामी २३ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मबाट उनले निकै ठूलो आशा र अपेक्षा गरेको बताए । लामो समयपछि फिल्ममा फर्किएका अभिनेता राई दर्शकले कथावस्तु र एक्सन दुवै मन पराउनेमा ढुक्क देखिएका छन् ।उनले २४ वर्षपछि अभिनयमा फर्कंदा असहज नभएको र बरु साँच्चै भन्ने हो भने झन् मज्जा आएको बताए ।

युवराज (वीरबहादुर) राई निर्देशित फिल्ममा राईसँगै शिशिर वाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रूपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बू, पूर्ण लिम्बू, कमला खापुङ लिम्बू, सुस्मिता लिम्बू, एन्जल राई, टीकाराम ठकुरी, सोनीका राई लगायतको पनि अभिनय छ ।यस फिल्ममा मिलन राई, रवि थापा र धन लिम्बू निर्माता तथा विजय एल राई कार्यकारी निर्माता रहेका छन् ।

कमेन्ट्स
Loading...