सुचना, समाचार र मनोरन्जन
kumdini

भारतिय कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्था नाजुक

एजेन्सी :

British college

भारतिय कमेडियन राजु श्रीवास्तवको अवस्था नाजुक भएको छ । ट्रेडमिलमा काम गर्ने क्रममा एक साता अघि हृदयघात भएको थियो । उनको दिल्लीको एम्समा उपचार भइरहेको छ र उनको अवस्था चिन्ताजनक रहेको उपचारार्थ डाक्टरले जानकारी दिएका छन्।

डाक्टरका अनुसार मस्तिष्क सुन्निएपछि गएराति उनको स्वास्थ्य अवस्था थप बिग्रिएको हो । उनको स्वास्थ अचानक बिग्रिएपछि निको हुने आश सबैले मारिसकेका छन् । तर, राजुको परिवार अझै पनि उनको निको हुनेमा आशावादी रहेको भारतिय सञ्चारमाध्यमहरुले बताएका छन् । कसरत गरिरहेको बेला उसलाई अचानक छाती दुखेर भुइँमा ढलेका थिए ।

ढलेका श्रीवास्तलाई एम्स दिल्लीमा ल्याएर उपचार थालिएको थियो । उनको मुटुको पुनरुत्थान गर्न दुई पटक सीपीआर समेत गरिसकिएको छ ।

कमेन्ट्स
Loading...