सुचना, समाचार र मनोरन्जन

‘द मम–व्युटी कन्टेस्ट’को शीर्ष उपाधि रमा खड्कालाई

काठमाडौं : मोडल सङ्स नेपालले नेपालमै पहिलोपटक आमा भइसकेका सकेका नारीलाई लक्षित गर्दै आयोजना गरेको मोडलिङ सम्बन्धी प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘द मम–व्युटी कन्टेस्ट’को शीर्ष उपाधि रमा खड्का पौडेलले जितेकी छन् ।शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनले ताजसँगै विधागततर्फको ‘मस्ट पपुलर’ अवार्डसमेत हात पारिन् ।

उनले उपहार स्वरुप २५ हजार रुपैंयाँ र अन्य विभिन्न उपहार पोल्टामा पारिन् । प्रतियोगिताको भोटिङ पार्टनरको रुपमा रहेको ग्लोबल अनलाइन पे को मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा पूर्व सुचना तथा प्रविधि एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव प्रमुख अतिथी थिए ।

प्रतियोगितामा विधागततर्फ निलिमा बजगाईं उप्रेतीले ‘अडियन्स च्वाइस’ र ‘बेस्ट स्माइल’, ललिता शेर्पा ‘ट्यालेन्ट’, ‘बेस्ट पर्सनालिटी’ र ‘मस्ट फोटोजेनिक’, दिपिका पौडेलले ‘कन्फिडेन्ट’, सिलसिला गुरुङ ‘डिसिप्लिन’, सरस्वती डंगोल महर्जनले ‘इनोसेन्ट’ अवार्ड जिते ।
रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा राजकुमार छेत्री, सोना अमात्य, डा. अर्पन शाह, अभिनेता रमेश उप्रेती, रेजिना तुलाधर, अंकिता श्रेष्ठ निर्णायक थिए ।

आयोजक संस्थाका अध्यक्ष डेविल सिंह राजपुतले आमा भईसकेकी नारीको आन्तरिक सौन्दर्यलाई बाहिर ल्याएर आधुनिक समाजका अवसरहरूलाई नेपाली पारामा ‘ब्लेण्ड’ गर्दै लैजाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले आफूलाई नेपालको सबैभन्दा सुन्दर आमा साबित गर्न नेपालभरी छरिएर रहेका आमाहरूलाई चाँडै नै शुरु हुने प्रतियोगिताको दोश्रो संस्करणमा सहभागिता जनाउन आव्हान गरे ।
प्रतियोगिताका कोओर्डिनेटर सोमराज बास्तोलाले अन्तिम प्रतिष्पर्धीलाई ¥याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङलगायत विविध विषयमा दक्ष व्यक्तित्वहरुले प्रशिक्षण प्रदान गरिएको बताए ।
कार्यक्रममा अभिनेता भुवन केसी, कलाकार किरण केसी, हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल शर्मालगायतको उपस्थिति थियो ।

कमेन्ट्स
Loading...