सुचना, समाचार र मनोरन्जन

रामबाबु गुरुङकाे फुलबारीमा दया र विपीन

काठमाडौं :

PCCi MELa

कबड्डी फेम निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र निर्देशनमा जुटेका छन् । फुलबारी चलचित्रको बुधबार घोषणा हुँदैछ । सोल्टीमोडस्थित हायात प्यालेसमा एक विशेष कार्यक्रम आयोजना गरी नयाँ सिनेमाको घोषणा गर्न लागिएको हो ।

फुलबारी चलचित्रमा विपीन कार्की र दयाहाङ राई लिड रोलमा छन् । चलचित्रमा कबड्डी ४ की अभिनेत्री मिरुना मगर र प्रियंका कार्की अनुबन्ध भएका छन् । झन्डै दुई वर्षको ग्यापपछि प्रियंकाले पहिलो चलचित्र साइन गरेकी हुन् । चलचित्र यशोदा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो ।

गुरुङले निर्देशन गरेको कबड्डी सिरिज निकै सफल मानिएको छ । कबड्डी ४ त अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने नेपाली चलचित्रमा पहिलो नम्बरमा छ ।

कमेन्ट्स
Loading...