सुचना, समाचार र मनोरन्जन

तीनवर्षे प्रेमपछि लगनगाँठो कस्दै रमेश र नन्दा

काठमाडौं ।

प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन विवाह गर्न लागेका हुन् । उनीहरु दुवै दृष्टिविहीन हुन् ।

Parichay

अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय साङ्गीतिक कार्यक्रम इन्द्रेणीमा समेत आवद्ध छन् ।

नन्दा भने समाजसेवामा क्रियाशल छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । नन्दा र रमेशको बिहे झापाबाट हुने बुझिएको छ ।

Comments
Loading...