सुचना, समाचार र मनोरन्जन

‘तरुनी खोज्दे भन्न थाले’ रमेश प्रसाई (भिडियो सहित)

काठमाडौ । ‘रिङ्के बुङको राँगालाई’ बोलको गीत गाइसकेपछि गायक बनेका रमेश प्रसाईले ‘तरुनी खोज्दे भन्न थालेका छन् । उनले हालै सार्वजनिक गरेको एक गीतका शब्दमार्फत केटी खोज्दिन आग्रह गरेका छन् । रमेशले लेखेको ‘तरुनी खोज्दे भन्न थाले’ बोलको गीतमार्फत गीतकारका रुपमा आफुलाई चिनाएका छन् । प्रखरवक्ताका रुपमा नेपाली दर्शकमाझ चिनिएका रमेश पछिल्लो समय ग्यालेक्सी फोर के टेलिभिजन मार्फत कार्यक्रम ‘लालमोहर’ चलाउदै आएका छन् ।

रमेशले लेखेको गीतलाई तुलसी घिमिरेले गाएका छन् । उनले यसअघि ‘ल्याङ ल्याङ भो, किस्ताबन्दीमा, ए मेरी तरुनी’ बोलको गीत सार्वजनिक गरेका थिए । यस गीतको म्युजिक भिडियो तुलसी घिमिरे र सरोज केसीले निर्देशन गरेका छन् । विराटनगरको बिट्स स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्जर सुरज श्रेष्ठको छ ।

इटहरी आर्ट एण्ड फाउण्डेशनको प्रोडक्सन रहेको भिडियोको सम्पादन र कलरको काम संयोगजङ्ग विष्टले गरेका छन् । भिडियोको छायांकन आशिष लुईटेलको छ ।रमेश प्रखरवक्ताका रुपमा चर्चित छ । उनले लेखेको यो पहिलो गीत हो । यसअघि उनी ‘रिंकेबुङको राँगा’ बोलको गीतबाट गायकका रुपमा आफुलाई स्थापित गराइसकेका छन् ।

कमेन्ट्स
Loading...