सुचना, समाचार र मनोरन्जन

हिन्दी डब गरेका फिल्म खासै चलेको जस्तो लाग्दैन,म त नेपाली भाषामा नै फिल्म चलाउँछु : निर्माता रामप्रसाद रिजाल

काठमाडौं : 

करिव १२ वर्ष देखि फिल्ममा लगानी गर्दै आएका निर्माता हुन् राम प्रसाद रिजाल । फिल्म ‘ धुवाँ यो नशा’ देखि ‘डिसेम्बर फल्स’सम्म आइपुग्दा उनले आधा दर्जन फिल्ममा लगानी गरेका छन् । उनको पछिल्लो फिल्म ‘डिसेम्बर फल्स’यहि शुक्रबारबाट हलमा प्रदर्शन हुँदैछ ।

तीन करोड भन्दा बढि लगानी गरेको यो फिल्मबाट आफु सफल निर्माताको रुपमा प्रस्तुत हुने चाहाना निर्माता रिजालको छ । उनको फिल्ममा लाग्ने लगानी कन्ज्यँुस्याई नगरी आफुले लगानी गरेको दावी समेत गर्दै आएका छन् । मंगलबार लाजिम्पाटमा रहेको हेड क्वाटर क्याफेमा भेटिएका फिल्म ‘डिसेम्बर फल्स’का निर्माता रामप्रसाद रिजाल आफ्नो फिल्म प्रति निकै उत्साहित देखिएका थिए । उनै फिल्मका निर्माता  रिजालसँग भोला अधिकारीले गरेको छोटो कुराकानी ।

फिल्मको माहोल कस्तो बन्दैछ ?

सोचेको भन्दा राम्रो बनेको देखिन्छ । फिल्मको ट्रेलर,गीत र टिजरले नै दर्शकको मन जिति सकेको अवस्था छ ।

आफ्नो फिल्मप्रति किन यति धेरै विश्वास ?

राम्रो चिज दर्शकलाई दिदैछु । दर्शकले पनि फिल्मलाई राम्रो मान्नुहुन्छ भन्नेमा म एकदमै विश्वासमा छु ।

कस्तो विषयवस्तुमा बसेको फिल्म हो ? केहि भन्न मिल्छ ?

फिल्मको विषयवस्तु पुरै भन्न त मिल्दैन किनभने यो फिल्म हेरेपछि दर्शकले चिन्ने कुरा हो । तर, पनि यो फिल्म एउटी नर्ससँग रिलेटट विषय हो । जो स्वास्थ्यकर्मीहरु हुन्छौ नि नर्सिङ पेसामा आबद्ध । हो उनीहरुको पिणादायी कतिपय कुराहरु हुन्छन् । तिनै विषयलाई हामीले सिनेमामा प्रस्तुत गरेका छौ ।

मेरो बुझाईमा यो कुनै नर्सको यथार्त घटनामा आधारित फिल्म हो ?

तपाईले जे बुझ्नुभयो, खास कुरा त्यहि नै हो । कुनै एक नर्सको एकदिनमा घटेको घटना हो । त्यहि घटनासँग रिलेटेट रहेर कमर्सियल सिनेमा बनाइएको फिल्म हो ।

यथार्थ परक घटनामा आधारित फिल्म भन्नुभयो । यो फिल्मको कलाकार छनोट कसरी भएको थियो ? केहि खुलाउन मिल्छ ?

हैन,अब कलाकार छनोट उमेरको ग्यापको पनि कुराहरु छ । उमेरको अन्तर पनि भएको हुनाले हामीले आर्यन सिग्देल र उपसना सिंहलाई लिएका हौ । अब मार्केटमा चलेका मान्छेहरु नै फिल्ममा जरुरी देखिन्छ । त्यहि भएर आर्यन र उपसनाको जोडी फिक्स गरेका हौ । अहिले यसको ट्रेलर,गीत,टिजर दर्शकले मन पराइदिनु पनि भएको छ ।

तपाईले ट्रेलरको कुरा गरिहाल्नुभयो । धेरैले ट्रेलर राम्रो नभएको पनि प्रतिक्रिया दिएका छन् नि । यसलाई तपाईले कसरी लिनुभयो अथवा लिनुभएको छ ?

हैन हैन,ट्रेलर नराम्रो भएको भन्दा पनि यहा कस्तो कमेन्टहरु आइरहेको छ भने तपाईको भ्युज अनुसार हुने कुरा हो। अरु अरु युटुबच्यानलहरु जस्तो ओएसआर,बुढासुब्बामा हालेको भए हुन्थ्यो । किन म्युजिक डटकममा,भ्युज कम छ उसको भन्ने कुराहरु बाहिर आएका छन् ।यसमा म के भन्छु भने हामी भ्युज किन्दैनन् । जे सत्य हो त्यो देखाउँछौ,त्यहि भाको भएर दर्शक तथा पत्रकार साथीहरुले कम भएको होकी भन्ने फिल भएको हो । त्यो कम होइन् । तपाईले फिल्मको युटुबको ट्रेलर लगायतमा रिभ्यु हेर्न सक्नुहुन्छ,त्यहाँ नेगेटिभ कमेन्ट छैन ।

फिल्मको ट्रेलर अनुसार नै फिल्म बनेको छ कि भित्र अलिक फरक विषय छ ?

तपाईहरुले जे देख्नुभएको छ । फिल्ममा नै त्यहि नै विषयवस्तु हो । किनभने फिल्ममा ,टिजर र ट्रेलरभित्रकै कुराहरु बाहिर आउने हो । सिनेमाको कथावस्तु अनुसार नै टिजर र ट्रेलरमा हामीले देखाएका हौँ ।

केहि दिन अघि यस फिल्मका अभिनेता आर्यन सिग्देलले प्रेसमिटमा भरपुर लगानी गरिएको बताउनुभएको थियो । खासमा यो फिल्मको लगानी कति हो ?

लगानी हामीले लागेजति लगाएका छौँ । लगानी नै कुरा गर्ने हो भने फिल्मको अहिलेसम्म ३ करोड भन्दा माथी पुगेको छ । निर्देशकले यति खर्च लाग्ने भयो भनेपछि मैले राम्रो चिजलाई लगानी गर्न किन कन्ज्युस्याई गर्ने भन्ने कुरा हो । मैले मज्जाले लगानी गरेको हो ।

लगानी उठ्ला त ?

मज्जाले उठ्छ । मेरो हिसावले यो फिल्मले ९ करोड भन्दा माथी कै व्यापार गर्छ । यसमा म विश्वस्त छु ।

तपाईलाई कसरी थाहा भयो ? यति नै लगानी उठ्छ भनेर ?

अलि अलि जोतिष शास्त्र पनि जान्दछु । त्यसकारण पनि मैले भनेको हो । यो मेरो पहिलो फिल्म होइन । मेरो यो पाचौ सिनेमा बनाइरहेको छु । मैले यस अघिका चार वटा फिल्मबाट सिकेको पाठहरु यस लागु गर्दैछु । यो कोभिड र विभिन्न रोगहरुबाट आक्रान्त भइरहेको अवस्थामा पनि सवा तीन करोड भन्दा बढि लगानी गरेको छु । यो सिनेमामा केहि देखेरै खर्च गरेको हो ।

मैले सुने अनुसार तपाईले फिल्मको एउटै गीतमा ३० देखि ३५ लाख खर्च गरेको कुरा आएको छ । के यो कुरा सत्य हो ?

हो नि । मैले राम्रै खर्च गरेको छु । यसमा नो डाउट ।

पछिल्लो समय नेपालमा के चलिरहेको छ भने नेपाली फिल्मलाई हिन्दी देखि अन्य भाषामा समेत डविङ गरेर रिलिज गर्न थालिएको छ । यसमा डिसेम्बर फल्स के हुन्छ ?

हिन्दी भाषामा डब गरेर विदेशमा देखाउने कुरा अलग भयो । जति पनि हिन्दीमा डब गरेर फिल्म देखाए पनि मलाई खासै चलेको जस्तो लाग्दैन । मैले चाही मेरो फिल्म नेपाली भाषामा नै इन्डिया देखाउन लागेको हो जहाँ नेपाली भाषीहरु रहेका छन् । नेपाली भाषी रहेको दार्जेलिङ,आसाम लगायतका ठाउँमाहरुमा यो फिल्म हलमा नै रिलिज हुन्छ । यो फिल्म अन्य भाषामा डब हुँदैन र विदेशमा नेपाली फिल्म देखाएर लगानी उठ्दैन । यसमा तपाई ढुक्क हुनुहोस् । मैले ‘डिसेम्बर पल्स’को फकाउनै सकिन बोलको गीतलाई हिन्दीमा डव गर्नका लागि जि सिनेमासंग कुरा गरेको हो तर यो कुरा कम्लेट भइसकेको छैन । त्यो बाहेक हाम्रो कुनै पनि सोच छैन । हामी नेपाली भाषामा नै फिल्म चलाउछौँ,मैले नेपाली भाषामा नै फिल्म बनाएको हो ।

पछिल्लो समय नायिका उपसनालाई फिल्मको प्रचारप्रसारमा नदेखिएको कारण खटपट बढेको भन्ने समाचार आएका छन् । खास कुरा के हो ?

उनको र मबीच कुनै खटपट भएको छैन । यो सबै झुटो कुरा हो । कसैको हल्लाको पछि नलागौं,अर्को फिल्म बनाए भने उपसनालाई नै मेरो फिल्मको हिरोइन् हो ।

तपाई यस फिल्ममा अभिनेता र अभिनेत्रीमाथी भर पर्नुभएको छ कि फिल्मको कथावस्तु ?

म तीन वटैमा भर परेको छु । कुनै समय एकदमै चलेका नायक आर्यन हुन् । पछिल्लो समय चलेकी अभिनेत्री उपसना हुन् । यसमा मलाई कुनै डाउट नै छैन । अनि फिल्मको कथावस्तु मन परेर नै मैले लगानी गरेको हो ।

अन्तमाः फिल्मको नाम ‘डिसेम्बर फल्म’ नै कसरी जुराइयो ?

यो डिसेम्बर महिनाकै घटनामा आधारित फिल्म हो । कुनै एक हस्पिटलमा घटेको नर्सको घटना हो । त्यहि भएर फिल्मको नाम डिसेम्बर रहन गएको हो ।

फोटो : सुरेन्द्र थापा

कमेन्ट्स
Loading...