पोखरा ।
आज मिति २०७७ साल मंसिर महिनाको १९ गते शुक्रबार तदानुसार ४ डिसेम्बर सन् २०२० कछलागा श्रीशाके १९४२ नेपाल सम्वत् ११४१ मार्गशीर्षकृष्णपक्ष ।
आज सुर्योदय बिहान ६ः४१ बजे भयो भने सुर्यास्त साँझ ५ः०६ बजे हुनेछ । आज चन्द्रमा कर्कट राशिमा परेकाले उत्तर दिशाको यात्रा सफल रहनेछ ।

आजको राशिफल :
मेष : हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला। बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ। महत्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। गोपनीयतामा विशेष सजग रहनुहोला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।
वृष : सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत(साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।
मिथुन : अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ। विभिन्न अवसर प्राप्त हुनाले दैनिकीमा परिवर्तन आउनेछ। अध्ययनमा प्रगति हुनेछ।
कर्कट : कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।
सिंह : आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन्। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ ।
कन्या : नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै; लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।
तुला : प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नाम, दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ।
वृश्चिक : व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। बीचमा अवरोध देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। छिद्र खोतल्नेहरूले दुस्ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। दौडधुप गर्दा पनि परिस्थितिवश काम अधुरो रहला। गोप्य सूचना बाहिरिन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।
धनु : परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। अस्वस्थता र कमजोरी अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। हुलमुलमा धनमाल गुम्न सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। उपचारमा खर्च हुने समय छ।
मकर : प्रयत्न गर्दा छोटो समयमा मनग्गे फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। भोग–विलास र सुख–सुविधाका लागि केही खर्च बढ्न सक्छ। केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला।
कुम्भ : स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दिगो काम थालनी हुनेछ। पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।
मीन : कामको मेसो नमिल्दा केही पछि परिएला। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। परिबन्धले काममा बाधा पुर्याउला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। आगन्तुकका कारण अध्ययनमा बाधा पुग्न सक्छ। बुद्धिको उपयोगले काम बन्नेछ।
आजको शुभसमय तालिाका :
बिहान ८ः११ बजेदेखि पूर्वान्ह ९ः४१ बजेसम्म लाभबेला
पूर्वान्ह ९ः४१ बजेदेखि पूर्वान्ह ११ः११ बजेसम्म अमृतबेला
पूर्वान्ह ११ः११ बजेदेखि मध्यान्ह १२ः४१ बजेसम्म कालबेला
मध्यान्ह १२ः४१ बजेदेखि दिउँसो २ः११ बजेसम्म शुभबेला
महत्वपूर्ण समय :
बिहान ८ः११ बजेदेखि पूर्वान्ह ९ः४१ बजेसम्म लाभबेला र मध्यान्ह १२ः४१ बजेदेखि दिउँसो २ः११ बजेसम्म शुभबेला भएकाले उक्त समयमा महत्वपूर्ण कामको थालनी गर्दा राम्रो हुन्छ ।
राहुकाल समय :
पूर्वान्ह १०ः३० बजेदेखि मध्यान्ह १२ः०० बजेसम्म राहुकाल समय भएकाले उक्त समयमा महत्वपूर्ण कामको थालनी नगर्दा नै राम्रो हुन्छ ।