सुचना, समाचार र मनोरन्जन

आज मिति २०७८ साल माघ ११ गते, मंगलवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस ।

२०७८ माघ ११ गते, मंगलवार, २५ जनवरी २०२२। माघ कृष्णपक्ष, सप्तमी तिथि। हस्त नक्षत्र ९ः०९ बजेदेखि चित्रा। चन्द्रराशि– कन्या, २०ः४८ बजेदेखि तुला। उपप्रा। 

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । व्यापार व्यवसायमा फाइदा होला । वाहन सुख मिल्नेछ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ

वृष 
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आज शुभअशुभ समाचार सुनिएला । लाभहानी, आयव्यय, सुखदुख बराबरी मध्यम खालको दिन छ । मित्रसँग मीठो भेटघाट पनि रहला ।

मिथुन 
का, कि, कु, घ, ङ, छ, के, को, ह

आज प्रिय व्यक्तिसँग भेटघाट होला । धैर्य गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । आर्थिक पक्ष र शेयर बजारबाट राम्रै सफलता मिल्नेछ ।

कर्कट 

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

British college

आज भेटघाट र मनोरञ्जनमा सहभागिता भइएला । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

सिंह 
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बन्धुबान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । मित्रबाट विशेष सहयोग मिल्नसक्छ । सामाजिक कार्यमा पनि मन जाला ।

कन्या 
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

तुला 
र, रि, रु, रे, रो, ता, ति, तु, ते

आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । प्रेम र दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।

वृश्चिक 
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र या अलङ्कारको प्राप्ति हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मकर 
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कुनै समाचारले मनमा शान्ति छाउला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ कामको थालनी पनि हुनेछ ।

कुम्भ 
गु, गे, गो, सा, सि, सु, से, सो, द
आज शैक्षिक पक्षमा सुधार हुनेछ । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ ।

मीन 
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सामान हराउने वा चोरी हुने भय पनि छ । साँझमा मन प्रसन्न रहने र वैदेशिक कार्य राम्रो हुनेछ ।

कमेन्ट्स
Loading...