सुचना, समाचार र मनोरन्जन

आज मिति २०७७ साल चैत २३ गते, सोमवार, भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

पोखरा /

२०७७ चैत्र २३ गते, सोमवार, ५ अप्रिल २०२१। चैत्र कृष्णपक्ष अष्टमी तिथि (७ः३६ बजेदेखि नवमी)। पूर्वाषाढा नक्षत्र (६ः३३ बजेदेखि उत्तराषाढा)। चन्द्रराशि– धनु, १२ः२० बजेदेखि मीन।

मेष 
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्य भने अलि कमजोर रहनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ।

वृष
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। साँघतिर भने सामाजिक कामको जिम्मेवारी समेत प्राप्त हुनेछ।

मिथुन 
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। दिउँसोदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। खर्च बढ्नेछ।

कर्कट
रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। अतिथिका रूपमा मान–सम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन प्रगाढ हुनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सफल भइनेछ।

सिंह 
विभिन्न अवसर प्राप्त हुनेछन्। तर, कामको मेसो नमिल्दा केही अलमल हुनेछ। कर्मक्षेत्रमा परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। दिउँसोदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ।

कन्या 
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। काममा समेत उल्झन आउनाले पछि परिनेछ। साझेदारीमा आन्तरिक प्रतिस्पर्धा बढ्न सक्छ। केही घरायसी समस्याले पिरोल्न सक्छ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। आफन्त टाढिन सक्छन्। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ।

तुला
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेत गर्दा सजिलै प्रतिस्पर्धीहरू पछि पर्नेछन्। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दुस्ख पाइनेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ।

वृश्चिक
अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। आफ्नो उपलब्धिमा अरूले दाबी–विरोध गर्न सक्छन्। भौतिक साधन संग्रह गर्ने अवसर छ। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ परिस्थिति बन्नेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्गे धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ।

धनु 
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। आगन्तुकले अलमल्याउने हुँदा योजनाअनुसार काम गर्न नसकिएला। खर्चिलो कामले अर्थअभाव हुनेछ।

मकर
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसोदेखि सामान्य अवसर पाइनेछ। तर महत्त्वाकांक्षा पूरा गर्न बलजफ्ती अघि बढ्ने बानीले काम बिग्रन सक्छ। आगन्तुकले अलमल्याउने हुँदा योजनाअनुसार काम गर्न नसकिएला।

कुम्भ 
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ।दिउँसोदेखि सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। बसाइमा स्थानान्तरण हुन सक्छ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ला। परिवारजनबाट टाढिनुपर्ला।

मीन
प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। मिहिनेतीहरूलाई आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। तर दिउँसोदेखि खर्चिलो कामले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ। प्रतीक्षित नतिजा सोचेजस्तो अनुकूल नआउन सक्छ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ला। मनग्य आम्दानी भए पनि रकम सञ्चय नहुन सक्छ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds